समाचारशुक्रबार, भाद्र ८, २०६९
नयाँ सरकार बनाएर चुनावमा जाउँ: केसी
प्रेस युनियन रुपन्देहीले ८ भदौमा भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले संविधानसभा पुनर्स्थापना गरिए जनताको अपमान हुने बताए । चार वर्षा मिल्न नसकेको विवाद संविधानसभा व्यूँताउँदैमा चार दिनमा मिल्न नसक्ने उनको तर्क थियो ।
राज्यपुनर्संरचनाको आधार एकल कि बहुजातीय भन्ने विवाद जनमतसंग्रहबाट टुंगो लगाउनुपर्ने केसीको सुझाव छ ।एमाओवादी नेताहरुले गरेको भ्रष्टाचारको तुलनामा कांग्रेसका नेताहरुको मुद्दा सामान्य भएको नेता केसीको दावी छ । साढे तीन अर्ब रुपैयाँ भ्रष्टाचार गर्ने माओवादीमाथि अख्तियार र सरकारको आँखा नपुगेको भन्दै त्यसको छानविन हुनुपर्ने उनको माग छ ।
खुमबहादुर खड्कालाई अदालतले भ्रष्टाचारी ठहर गरेको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिनु सामान्य भएको केसीको भनाइ छ ।
मुकेश पोखरेल, भैरहवा
