रमझमशुक्रबार, चैत्र १४, २०७०
एउटै कार्यक्रममा तीन पुस्तक विमोचन
राजधानीमा १३ चैतमा नेपाल प्रज्ञा प्रतिष्ठाका कुलपति बैरागी काइँलाले आख्यानकार कृष्ण धरावासीको चौबीसौँ पुस्तक ‘कागजको मान्छे’ विमोचन गरे । पुस्तकबारे बोल्दै साहित्यकार प्रतीक ढकालले कागजको मान्छे नियात्राको आवरणमा आएको आख्यान भएको बताए । उनले लेखक धरावासीसँग बिम्बलाई आफूखुसी खेलाउन सक्ने खुबी भएको उल्लेख गरे । पुस्तक धरावासीको सन् २००९ मा जर्मनी भ्रमण र बसाइँको बारेमा लेखिएको हो ।
सोही समारोहमा कुमार भट्टराईको ‘मेरो’ कविता सङ्ग्रह तथा पत्रकार दिपिन राई(दिपेन्द्र)को संस्करणात्मक पुस्तक ‘बंकर’ पनि लोकार्पण गरियो । दुई दशकदेखि पत्रकारितामा क्रियाशिल राईले बंकरमा द्वन्द्वकालमा नेपाली सेनाले दिएको यातना बारेमा लेखेका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>