Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चोरी शिकारी शून्य, गैंडाको संख्या बढ्यो - Himalkhabar.com

थप समाचारशुक्रबार, चैत्र १४, २०७०

चोरी शिकारी शून्य, गैंडाको संख्या बढ्यो

हिमालखबर

चोरी शिकार गर्नेलाई कारबाही गर्न थालिएपछि विगतमा ठूलो सङ्ख्यामा हुने गैँडाको चोरी शिकार रोकिएको छ । विगत वर्षहरूमा चोरी शिकारबाट वर्षमा ३७ वटासम्म गैँडा मारिएका थिए ।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण महानिर्देशक मेघबहादुर पाण्डेले सरकारी तथा गैरसरकारी निकायको सहयोगमा चोरी शिकार तथा अवैध व्यापारमा संलग्न व्यक्ति पक्राउ गरी कार्वाही अघि बढाइएकाले चोरी शिकार हुन नपाएको बताए ।

गत वर्ष अभियानका रुपमा चलाइएको कार्यक्रमका कारण एउटा पनि गैँडाको चोरी शिकार नभएकाले यस वर्ष गैँडाको शून्य चोरी शिकार वर्ष मनाइएको छ । चोरी शिकार निकासी र अवैध व्यापारमा सामेल भएका ७०० भन्दा बढी अभियुक्तलाई पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कानुनी दायरामा ल्याइएको छ ।

हालसम्म भएको पछिल्लो गैँडाको गणनाअनुसार एकसिँगे गैँडाको सङ्ख्या ५३४ पुगेको छ । गैँडाको सङ्ख्या वृद्धि हुनाको मुख्य कारण चोरी शिकार रोक्न चलाइएको कार्यक्रम नै रहेको महानिर्देशक पाण्डेले दाबी गरे ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन वर्षअघि सन् २०११ मा गरेको गणनाले एक सिँगे गैँडाको सङ्ख्या गत गणनाभन्दा १२५ ले बढेको छ । सन् २०११ भन्दा अगाडि गरेको गणनामा गैँडाको सङ्ख्या ४०९ थियो ।

हाल विश्वमा तीन हजार २०० को सङ्ख्यामा एकसिँगे गैँडा छन् । नेपाल र भारतका सीमित निकुञ्ज र आरक्षलगायत क्षेत्रमा मात्र पाइने सो गैँडाको मुख्य वासस्थान नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्ज हुन् ।

नेपाल भ्रमणमा आउने ६० प्रतिशत पर्यटकको मुख्य गन्तव्यका रुपमा राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र रहने गरेको महानिर्देशक पाण्डेले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>