रमझमआइतबार, चैत्र १६, २०७०
गायिका महतको परिवारलाई क्षतिपूर्ति दिन कलाकारको माग
सवारी दुर्घटनामा मृत्यु भएकी लोकदोहोरी गायिका महतको परिवारलाई क्षतिपूर्ति दिन कलाकारहरुले सरकारसँग माग गरेका छन् । उनीहरुले आफ्नो माग पूरा हुनुपर्ने भन्दै १६ चैत बिहान काठमाडौंमा जुलुश निकालेका छन् ।
जुलुशमा उत्रिएका १२ जना कलाकारलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लोकगायक हरी डागी, निर्देशक बाबुराजा केसी, मोडल तथा लोकगायक महेन्द्र गौतम लगायतलाई पक्राउ गरेको थियो ।
लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले आफ्नो माग पूरा नभएसम्म बिरोध जारी राख्ने बताए । उनीहरुले महतको परिवारले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने पनि चेतावनी दिएका छन् ।
गायिका महतको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा १५ चैतमा मृत्यु भएको थियो । काठमाडौंको गल्कोपाखामा माइक्रोबसले ठक्कर दिएपछि घाइते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको शव अझै ग्राण्डी अस्पतालमै राखिएको छ ।