रमझमआइतबार, चैत्र १६, २०७०
निसास्सिदो शहरको कथा
काठमाडौं शहर ! यहाँ के छैन सबथोक छ । र पनि, यहाँका मानीसहरु सकसमा बाँचिरहेकाछन् । हुँदा खानेहरु समस्या र अभावको पहाडले थिचिएका छन् हुने खानेहरु पनि सन्तुष्ट छैनन् । यहि निसास्सिदो शहरको छटपटी र सकसलाई रंगकर्मी अनुप बरालले आफ्नो पहिलो फिचर फिल्म फिटकीरीको बिषय बनाएका छन् ।
फिल्ममा प्रहरी निरिक्षक जीवन (सौगात मल्ल) को टीम शहरका एक धनाढ्यको अपहरण गरेर रु.१ करोड असुल्ने अपहरणकारीको खोजीमा लागेको छ ।
अपहरणकारी पक्राउ गर्नैपर्ने दबाब झेलिरहेका इन्स्पेक्टर माथि सरकारले शुरु गरेको सडक विस्तारको क्रममा आफ्नो पुरानो घरतिर आउँदै गरेको डोजरको अर्को मानसिक तनाव छ । डोजरले घर भत्काएपछि श्रीमती र छोरालाई कहाँ जाने राख्ने ?
सरकारले एक वर्षअघि राजधानीका सडक छेउका घरमा डोजर चलाउँदा सडक चौडा हुने भयो भन्दै खुशी ब्याक्त गर्नेहरु तिनीहरु थिए, जसले रात–बिरात आफ्नो पुख्र्यौली घरको वास गुमाउनुको पिडा बेहोर्नुपरेको थिएन । सडकभन्दा पहिल्यै बनेका आफ्नो घर गुमाउने परिवारको पीडाको कथा भने यो फिल्मले भनेको छ ।
१० वर्षको छोराले आफ्नो घर भत्काउन आएको डोजरलाई प्रहरी बाबुले रोकेको नक्सा बनाउँछ । जबकी, इन्स्पेक्टर जीवन माथिल्ला तहका प्रहरी अधिकृतहरुलाई गुहार्दा पनि सरकारी डोजरबाट घर बचाउने अवस्थामा हुँदैनन् ।
फिटकीरीले अपराधीसँगको लुकामारी गर्ने एउटा सक्रिय प्रहरीको परिवारीक–समाजिक सम्बन्धहरु देखाएको छ ।
इन्स्पेक्टर जीवन घरमा सरकारी डोजर चल्ने भएपछि विदेश पलायन भएका छोरा–छोरीलाई ‘सुसाइड नोट’ लेखेर त्यही घरभित्र झुण्डिएका बाबु र सुनौलो भविष्यका लागि गाउँबाट शहर पसेर बेपत्ता भएकी छोरीको खोजीमा भौतारिएका सुकुम्बासी बाबुको केस हेर्छन् । अपहरणकारी खोज्नेक्रममा ‘लभरब्वाई’ बनेर अर्काकी श्रीमतीको ओछ्यानसम्म पुग्छन् । शहरमा यस्ता खण्डहरहरु छन्, जहाँ लागु औषध दुब्र्यसनी र अपराधीको अखडा जम्छ ।
शहरको फुटपाथमा पैसाका लागी जे पनि गर्ने भरियादेखी गुन्डासम्म छन् । आप्mनो डुबेको सम्पत्ति र लागेको ऋण उकास्न कसैको पनि अपहरण गर्ने तम्सने सुरेन्द्र (अनुप बराल) पैसाका लागी परपुरुषसँग लहसिने रुपा (दिया मास्के) यही शहरमा छन् ।
यज्ञशको बलियो पटकथा र सम्वादको कतिपय अंशका दर्शन–उपदेश अलि बढी भएको हो की जस्तो लाग्छ । पुरुषोत्तम प्रधानको छायाङ्कन शहरको अस्तब्यस्तता, कुरुपता र सुन्दरता देखाउन सक्षम छ ।
अनुपले चलचित्रभरी रंगमञ्चको अनुभवलाई मजाले उतारेका छन् । दृष्यहरुमा रंग, प्रकाश र ध्वनीसँगै माहौलको उम्दा संयोजन छ । पात्रहरुमा स्वभाविकता छ । अर्जुनकुमार र सुमित मैनालीले निर्माण गरेको यो फिल्ममा लुटका निर्देशक निश्चल बस्नेत खलपात्र बनेको छन्– राम्रो अभिनयका साथ ।
अनुपले दिया मास्के, शान्ति गिरी मात्र हैन, छोटो भुमिकामा पाएका धिरेन्द्र प्रेमर्षी, रमेश रञ्जन, बिक्रम परियार र अनिल पाण्डे लगायतबाट पनि राम्रो काम लिएका छन् ।
अरुले बनाएका फिल्ममाथि टिप्पणी गर्दै आएका समीक्षक यज्ञशले लेखेको यो फिल्म यसरी बग्छ कि यसले दर्शकलाई इन्सपेक्टर जीवनलाई अपहरणकारीहरुले घुमाए जस्तै घुमाईरहन्छ ।
बलिउडका सूत्र हेर्न बानी परेका दर्शकलाई यसले तान्ने सम्भावना कम छ । किनभने, यसमा शहरको सामाजीक गञ्जागोल, अस्तब्यस्तता, बढ्दो महङ्गी र अपराधको यथार्थलाई फिल्मी तानाबुनामा बाधिएको छ ।