रमझमआइतबार, चैत्र १६, २०७०

‘एसपी खरेल’ को सफलतापछि परदेशी ब्यस्त

हिमालखबर

अभिनेता संतोष परदेशी

नेपाल प्रहरीका एसएसपी रमेश खरेल वीरगञ्जमा एसपी छँदा उनीबाट प्रभावित भएर भोजपुरी फिल्म ‘एसपी खरेल, द रियल हिरो’ निर्माण भएको थियो । फिल्मले तराईका फिल्महल र सीमावर्ती भारतीय शहरहरुमा पनि राम्रो व्यवसाय गरेको थियो । फिल्मको सफलतापछि अहिले अभिनेता संतोष परदेशी एक्सन फिल्म निर्माताहरुको पहिलो रोजाईमा परेका छन् ।

परदेशीकै लिड रोल भएको भोजपुरी फिल्म ‘जब प्यार किया तो डरना क्या’ केही दिनअघि बाराको गढिमाई मन्दिरमा शुभमहुर्त सम्पन्न भएको छ ।

कुमारीमाई मुभिज वीरगञ्जले एक करोड रुपैयाँको लगानीमा निर्माण गर्न लागेको उक्त फिल्ममा एचआईभी संक्रमितहरुको विषयमा आधारित छ ।

सात बर्षअघि फिल्मी दुनियाँमा प्रवेश गरेका परदेसीले ‘एसपी खरेल, द रियल हिरो’ हिट भएपछि आफ्नो माग बढेको बताए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>