Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विवाह गर्न अस्वीकार गर्दा अहेवमाथि खुकुरी प्रहार - Himalkhabar.com

थप समाचारआइतबार, चैत्र १६, २०७०

विवाह गर्न अस्वीकार गर्दा अहेवमाथि खुकुरी प्रहार

हिमालखबर

खोटाङ खाल्ले–८ का २२ वर्षीय अशोक खतिवडाको खुकुरी प्रहारबाट १९ वर्षीया अहेब कविता दाहाल गम्भीर घाइते भएकी छन् । खुकुरी प्रहारबाट अहेब दाहालको घाँटी, टाउको र देब्रे हातमा गहिरो चोट लागेको छ ।

दिक्तेल–९ सोल्माकी दाहाललाई खतिवडाले अस्पतालको आकस्मिक कक्षमै गएर १६ चैत दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा रहेकी दाहाललाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

वर्ष दिन अघिदेखिको प्रेम सम्बन्धलाई दाहालले अस्वीकार गरेका कारण खतिवडाले खुकुरी प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्दकुमार साहले बताए ।

साहका अनुसार विवाहका लागि गरिएको प्रस्तावलाई अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण भएको हो । खतिवडाले प्रेमिकाको हत्या गरेर आफूले आत्महत्या गर्ने मनसाय राखेको बयान दिएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्ने खतिवडालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनको साथमा रहेको झोलाबाट डोरी समेत बरामद गरिएको जिप्रकाले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>