थप समाचारसोमबार, चैत्र १७, २०७०

द्वन्द्वकालका मुद्दाको टुंगो मेलमिलाप आयोगमार्फत् मात्र हुनुपर्छः भट्टराई

हिमालखबर

तस्वीरः सविता श्रेष्ठ

एमाओवादी नेता भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्र द्वन्द्वकालीन मुद्दाको समाधान खोज्नुपर्ने बताएका हुन् । चितवनमा १७ चैतमा पत्रकारसँग कुरा गर्दै उनले भने, “द्वन्द्वकालका १७ हजार मुद्दा छन्, त्यस्लाई आयोग मार्फत् मात्र टुंगो लगाउन सकिन्छ ।”

उनले यसअघि आफ्नो नेतृत्वको सरकारले आयोग गठन प्रक्रिया अघि बढाए पनि अदालतका कारण रोकिएको दावी गरे । सत्यतथ्य पत्ता लगाएर जंघन्य अपराध भए कानून निर्माण गरी सोही अनुरुप कारबाही गर्नको लागि आयोग गठनको प्रकृया अगाडी बढि रहेको उनको भनाइ छ । “अब ८–१० दिनभित्रै आयोग गठन हुन्छ,” उनले भने ।

उनले एक बर्षभित्र संविधान निर्माण हुने पनि दावी गरे । संविधान निर्माणका लागि पाँच वटा समिति बनेको र पुरानो संविधानसभामा भएका निर्णयको अध्ययन गरेर अगाडी बढ्ने गरी सहमति भएकोले ढुक्क रहन उनले आग्रह गरे ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>