Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेहरू कपमा नेपाल - Himalkhabar.com

खेलकुदमंगलबार, भाद्र १२, २०६९

नेहरू कपमा नेपाल

Sandesh Panta

१० भदौ क्यामरुनसँगको खेलमा नेपाल र क्यामरुनबीच फुटबल स्तरको फरक स्पष्ट रुपमा देखिएको थियो । क्यामरुनको पास, मुभ्मेन्ट्, आक्रमणको नेपालसँग कुनै जवाफ थिएन । खेलको हरेक पक्षमा नेपाल निरीह देखिए भने माल्दिभ्ससँग खाएको पहिलो गोलमा दोषी देखिएका रितेश थापाले क्यामरुनसँगको खेलमा पनि सुधार ल्याएनन् । पहिलो र तेस्रो गोलमा गल्ती गरेका थापाको आत्मविश्वासमा निकै कमी देखिन्थ्यो।
दोश्रो दर्जाको क्यामरुन टोली विरुद्ध पाँच गोल खाएको नेपालका प्रशिक्षक भने आफ्ना खेलाडीहरुसँग रुष्ट भएनन् । “म केटाहरुसँग खुशी छु । मैदानमा उनीहरुले शत प्रतिशत दिए । ” ५९ औँ वरियताको क्यामरुनसँगको खेलबाट प्रशिक्षकले बढी अपेक्षा नराखेको हुनसक्छ ।

क्यामरुनको ४ अंक छ र प्रतियोगितामा उ प्रबल दावेदारको रुपमा रहेको छ । फिफा वरियतालाई आधार मान्ने हो भने प्रतियोगितामा सबैभन्दा कमजोर टोली भारत हो । तर नेहरु कपमा खेलेका दुबै खेल हेर्ने हो भने उ सशक्त टोलीको रुपमा उभिएको छ । नयाँ प्रशिक्षक विम कुभर्मान्सको निगरानीमा उत्कृष्ट प्रदर्शन गरिरहेको भारतले मंगलबारको खेल जितेमा फाइनलमा स्थान लगभग पक्का गर्नेछ । राम्रो तालमेलका साथ अट्ट्याक गरिरहेको उसलाई रोक्न सागर थापा र रोहित चन्दलाई सजिलो हुने छैन । स्ट्राइकर सुनिल क्षेत्री गजबको लयमा देखिन्छन् भने डिफेन्डर सैद रहिम नाबीले पनि कुभर्मान्सबाट राम्रो प्रशंसा पाएको छन् ।

नेपाली प्रशिक्षक कृष्ण थापा पनि भारतीय टोलीबाट प्रभावित छन् । “अहिले भारत काठमाडौंमा भएको एएफसी च्यालेन्ज कपमा खेलेको भारत भन्दा निकै बलियो छ । उनीहरुसँग युवा र चुस्त खेलाडीहरु छन् र प्रत्येक म्याचमा स्तर बढिरहेको छ । तर यसको अर्थ नेपालले भारतलाई जित्नै नसक्ने भने होइन । हामी फरक खेल खेल्नेछौं र उनीहरुलाई गार्हो बनाउँनेछौँ ।”

नेपाललाई प्रतियोगितामा रही रहन बाँकी दुई खेल जित्नुको विकल्प छैन । माल्दिभ्सको पनि ६ अंक भैसकेको अवस्थामा समुहका अन्य खेलको नतिजा पनि उत्तिकै महत्त्वपुर्ण हुनेछ । अघिल्लो खेलमा ४-५-१ को संरचनामा खेलेको नेपाल भारत विरुद्ध भने ४-४-२ को रणनीति लिन सक्नेछ । दुई खेलमा गोल गर्ने अवसरको खडेरी देखिएको नेपालको लागि मिड्फिल्ड राम्रोसँग जम्नु जरुरी देखिएको छ । क्यामरुन विरुद्ध बेन्चमा रहेका सन्तोष साहुखल भारत मंगलबार खेल्ने सम्भावना रहेको छ ।
दुई बीचको विगतमा भएका प्रतिस्पर्धामा भारत स्पष्ट रुपले हावी देखिएको छ । सन् १९९३ मा ढाकामा भएको दक्षिण एशियाली खेलमा नेपालले प्राप्त गरेको जित पछी भारत विरुद्धका पछिल्ला सबै पाँच खेलमा पराजित भएको छ । उसले गरेका १४ गोलको जवाफमा नेपालले मात्र एक गोल फर्काउन सकेको इतिहासले पनि नेपाल आजको खेलमा अन्डरडगको रुपमा उत्रीने तथ्यमा दुई मत नहोला ।
चिर-परिचित छिमेकी प्रतिद्वन्द्वी विरुद्ध नेपाली फुटबल समर्थकहरुलाई जितको उपहार दिने मौका एउटा राम्रो हौसला हुन सक्छ । आशा गरौँ, कम्तिमा हारको सिलसिला भने तोडिनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>