रमझमशुक्रबार, चैत्र २१, २०७०

मुन्धुममाथि दुई वृत्तचित्र

हिमालखबर

सुसुवेङ लावाङवेङबाका सन्तान सावायक्फूङ केम्बा शिकारी थिए। उनी वनदेवता फूङसाम्माङ/पूङसामको पूजा गरेर शिकारमा जान्थे। शिकार गरिसकेपछि शिकारको दाहिने फिलाको मासु र रगत पातमा राखेर देवतालाई चढाउँथे। मुन्धुम अनुसार लाही–नाही उपग्रहबाट जन्मेका पूङसाम पहाड–पर्वतको पनि देवता हुन्।

लावाङवेङबाका सहयोगी हिल्ली यक्सोवालाई पोङहाङवा फेदाङले भीरबाट ठेली मारेकाले शिकारीहरूको रक्षाका लागि पूङसामको पूजा गर्ने चलन अद्यापि छ, लिम्बू समुदायमा। पूङसामले रोगव्याधी, प्राकृतिक प्रकोप लगायतका अनिष्टहरू पनि टर्ने विश्वास रहिआएको छ।

यो मुन्धुम मिथकमाथि पाँचथरको पूर्वोत्तर गाउँ सिदिनमा दुई वटा लघु चलचित्रको छायांकन सकिएको छ, गत साता। थोक्पेला युवा जमातको व्यानरमा बनेका पूङसाम (शिकारी देवता) र नाहेन (इर्ष्या) वृत्तचित्रमा लोप हुँदै गएका धनुषकाँड, तरबार, ढाल, खुकुरी, भरुवा बन्दूक, रुद्राक्ष, चिण्डो, झ्याम्टा, घुग्रिङ तथा मृग, कालिज र बाघका कलात्मक सामग्रीको प्रयोग गरिएको छ। लिम्बू भाषाको लघु चलचित्रमा स्थानीय कलाकारहरूले अभिनय गरेका छन्। दुवै लघु चलचित्रका लेखक सागर केरुङ र निर्देशक सुरेन शिशिर केरुङ हुन्।

लक्ष्मी गौतम, पाँचथर


प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>