खेलकुदशुक्रबार, चैत्र २१, २०७०

भारत टी–२०विश्वकपको फाइनलमा

हिमालखबर

२३ चैतमा हुने टी-२० विश्वकपको फ़ाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

२१ चैतमा भएको खेलमा विराट कोहलीको अर्धशतकको मद्दतले भारतले पाँच बल बाँकी छँदै चार विकेट गुमाएर लक्ष्यमा पुग्न सफल भयो । विराट कोहली म्यान अफ द म्याच भए ।

दक्षिण अफ़्रीकाले पहिले खेल्दै २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो ।

भारतका तर्फबाट सबैभन्दा धेरै विराट कोहलीले नटआउट ७२ रन बनाए । सुरेश रैनाले १० बलमा २१ रन बनाए ।

१७२ रन बनाए पनि बलिङ प्रभावशाली नहुँदा दक्षिण अफ्रिकाले हार ब्यहोर्नुप¥यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>