Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘कर्मचारीलाई शपथ सम्झाउन खोजेका हौं’ - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, चैत्र २३, २०७०

‘कर्मचारीलाई शपथ सम्झाउन खोजेका हौं’

हिमालखबर

डिभी भर्ने र ग्रिनकार्ड लिने कर्मचारीलाई कारबाही गर्ने घोषणा गर्नुको कारण के हो ?
जागिरमा प्रवेश गर्दा देशका लागि सपथ लिने निजामति/राष्ट्रसेवकले कार्यालयमा ‘अरुको देश स्वर्ग हो’ भन्ने गरेका छन् । उनीहरुले नेपाली हुँ भन्ने पनि बिर्सेका छन् । कतिपय कर्मचारीले विदेशी नागरिकता लिएका छन् । उनीहरुलाई सपथ सम्झाउन तथा अनुशासित र देशप्रति जवाफदेही बनाउन यो कदम चाल्न लागिएको हो ।

नेपाली नागरिकता नत्यागेसम्म उनीहरु नेपाली नागरिक नै रहन्छन् नि, हैन ?
नेपालमा कुनै पनि नागरिकलाई दुई वटा नागरिकता लिने छुट छैन । नेपालको संविधान तथा ऐन÷कानूनले कसैलाई विदेशी नागरिकता लिने सुविधा दिएको छैन । अझ निजामति कर्मचारी/राष्ट्रसेवकले त विदेशी नागरिकता लिनु अक्षम्य अपराध हो । नेपाली जनताले तिरेको करबाट जागिर खाने अनि विदेशलाई स्वर्ग देख्ने ? आफूले स्वर्ग देखेको देश रोज्ने अधिकार सम्बन्धित व्यक्तिलाई छ । तर, नेपालको प्रशासनिक पदमा बसेर त्यो गर्नु चाँही अपराध हो ।

अहिलेको युगमा डिभी भर्न र ग्रिन कार्ड लिन हुन्न भन्नु कत्तिको व्यवहारिक हुन्छ ?
नेपाललाई समृद्ध बनाउने जवाफदेही/जिम्मेवारी वहन गर्नेले डिभी भर्न लाग्दा जनताको विश्वासमा कमी आउँछ । नेपाली टोपी र झण्डा प्रयोग गरेर विदेश पुगेपछि फाल्नेलाई माफी दिन सकिदैन ।

अरु समस्या छैनन् र यसमा जोड दिनुभएको ?
अहिले हामी निजामति प्रशासनका विकृति सुधार्न लागेका छौं । बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालयलाई समय नदिने कर्मचारीलाई कारबाही गर्ने तयारी गर्दैछौं । कर्मचारीलाई जनताप्रति जिम्मेवार बनाउँदैछौं ।

डिभी भर्ने र ग्रिनकार्ड लिनेलाई कारबाही गर्ने निर्णय तपाईको व्यक्तिगत हो कि सरकारको नै हो ?

सरकारी निर्णय नै हो । त्यही भएर सरकारले निजामति सेवा ऐन चौंथो संशोधन गर्दैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>