खेलकुदबुधबार, भाद्र १३, २०६९

नेहरु कपमा नेपालले खाता खोल्यो

हिमालखबर

किरण चेम्जोङ

जवाहरुलाल नेहरु रंगशालामा १२ भदौ साँझ भएको खेलमा घरेलु दर्शकको समर्थनका वावजुद नेपालले भारतलाई जित्ने अवसर दिएन । साविक विजेता भारतलाई खराब लयबाट गुज्रीरहेको नेपालले गोलरहित बराबरीमा रोकेको हो । दुबै टीमका खेलाडीले पाएका अवसर सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफमा नेपालले भारतीय खेलाडीलाई पुरै दवावमा राखेको थियो । खेलको दोस्रो हाफमा भने भारत आक्रमक देखियो ।

नेपाली टीमका गोलकिपर किरण चेम्जोङ म्यान अफ दि म्याच घोषित भए । अघिल्ला दुबै खेल नखेलेका चेम्जोङले १५ सय अमेरिकी डलर हात पारे ।

फाइनल खेल्ने महत्वकाँक्षी लक्ष्य सहित नयाँ दिल्ली पुगेको नेपाली टोलीका प्रशिक्षक कृष्ण थापाले यसअघिका खेलमा सही गोलकिपर छनौट गर्न नसकेको भन्दै आलोचना भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...