खेलकुदआइतबार, चैत्र २३, २०७०

लिग भलिबलमा पुलिस विजयी

हिमालखबर

दोस्रो राष्ट्रिय लिग भलिबलको पुरुष तर्फ १५ अंकका साथ अपराजित रहँदै नेपाल पुलिस क्लब लिग विजेता भएको छ । महिला तर्फ भने एपिएफ क्लबले अपराजित रहँदै बिजेताको बाजी मारेको छ ।

साबिक बिजेता पुलिसले बिभागीय प्रतिस्पर्धी एपिएफलाई शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा २०–२५, २५–१८, २५–२१ र २५–१४ ले हराएको थियो । पश्चिमाञ्चल र एपिएफले पुरुषतर्फ दोस्रो र तेस्रो स्थान हात पारे ।
महिला तर्फ साबिक बिजेता न्यु डायमण्डले दोस्रो र पुलिसले तेस्रो स्थनमै चित्त बुझाउनु पर्‍यो ।

तेस्रो स्थानका लागि २२ चैतमा भएको खेलमा पुलिसले पश्चिमाञ्चललाइ १४– २५, २५– १०, १५ –२५, २५– २१ र १५–११ ले हरायोे ।

लिग च्याम्पियन दुबैले १ लाख ५० हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

पुरुषतर्फ उपाधी बिजेता पुलिसका सञ्जय अर्याल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भए । महिला तर्फ भने एपिएफकी सरस्वती सर्वोत्कृष्ट खेलाडी चयन भइन् । । दुबैले समान १५ हजार रुपैंया पाए ।

पुलिसका कप्तान इम राना सेटरमा , पश्चिमाञ्चलका अमृत क्षेत्री सर्भरमा, डिफेन्समा आर्मीका उमाकान्त केसी, एपिएफका महेन्द्र श्रेष्ठ ब्लकरमा र स्ट्राइकरमा एपिएफकै मीलन मल्ल पुरुषमा उत्कृष्ट चुनिए ।

महिलातर्फ न्यु डायमण्डकी रमिला तण्डुकार स्ट्राइकरमा, पश्चिमाञ्चलकी मनिषा चौधरी ब्लकरमा, पुलिसकी चुडा खड्का सर्भरमा, एपिएफकी बिनिता बुढाथोकी सेटरमा र न्यु डायमण्डकै सलिना श्रेष्ठ डिफेन्समा उत्कृष्ट छानिए । दुबैका उत्कृष्टले जनही ५ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>