खेलकुदआइतबार, चैत्र २३, २०७०

श्रीलंका टि–२० विश्वकप च्याम्पियन

हिमालखबर

बंगालादेशको ढाकामा २३ चैतमा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंकाले उपाधिमाथि कब्जा जमाएको हो । यसअघि श्रीलंका सन् २००९ मा पाकिस्तान र २०१२ मा वेस्ट इन्डिजसँग फाइनलमा पराजित भएको थियो ।

भारतले दिएको १३१ रनको चुनौति श्रीलंकाले ४ विकेटको क्षतिमा १३ बल बाँकीछँदै पुरा गरेको हो । भारतको चुनौति समाप्त पार्ने क्रममा श्रीलंकाका कुमार संगाकाराले नटआउट ५२ रनको योगदान दिए । जयवर्देनेले २४, परेराले नटआउट २३ र दिलसनले १८ रन जोडेका थिए ।

टस जितेर भारतलाई ब्याटीङका लागि आमन्त्रण गरेको श्रीलंकाली खेलाडीको बलिङ सशक्त रह्यो । पुरै २० ओभर खेलेर भारतले जम्मा १३० रन जोडेको थियो । भारतका लागि विराट कोहलीले ५८ बलमा ७७ रन जोडेका थिए । उनी अन्तिम बलमा रन आउट भएका थिए । २१ बलमा ११ रन जोडेको युवराज सिंहको भारतीय टीम समर्थकले आलोचना गरेका छन् ।

टी–२० विश्वकपको उपाधि सन् २००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इङ्गल्याण्ड र २०१२ वेष्ट इन्डिजले जितेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>