रमझमसोमबार, चैत्र २४, २०७०
जीबसीम साहित्य पुरस्कार वितरण
ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा जीबसीम पुरस्कार तनँहुका खडकबहादुर आलेलाई वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि सुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले रु. ४० हजार राशीको पुरस्कार प्रदान गरेका हुन । यस्तै यसवर्षको जीबसीम नवप्रतिभा साहित्य पुरस्कार रुकुम निवासी अनिल बुढालाई प्रदान गरियो । यो पुरस्कारको राशी रु. १० हजार छ ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री राना, समाजशास्त्री डा. कृष्णबहादुर भट्टचन, नेपाल मगर संघका महासचिव नविन रोका, प्राज्ञ सुलोचना मानन्धर लगायतले मन्तब्य राखेका थिए । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव सन्त गाहा मगरले सञ्चालन गरेका थिए ।
प्रतिष्ठानले प्रमुख अतिथि राना र प्राज्ञ मानन्धरलाई पनि सम्मान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>