रमझमसोमबार, चैत्र २४, २०७०

निक्की– युट्युबाटै संसारभर

हिमालखबर

दुई वर्षदेखि अविभावकसंग अमेरिकाको क्यार्लिफोनिया बस्ने निक्की कार्की (१७) गायकी र स्थानीय स्टेज कार्यक्रमहरुबाट संसारभरका नेपालीमाझ् पुगिरहेकी छन् । र, यसको माध्ययम भएको छ–युट्युब । काराओकेमा गाएर युट्युबमा अपलोड गरेका गीतहरुबाट चर्चित हुँदै गएकी निक्कीले यसबीचमा प्रशान्त तामाङ र कर्मा शेर्पा जस्ता गायकहरुसँग स्टेज प्रस्तुती पनि दिइसकेकी छिन् । युट्युबबाटै निक्कीको प्रतिभा थाहा पाएका नेपाली संघ–संस्थाले उनलाई आफ्ना कार्यक्रमहरुमा बोलाउन थालेका छन् ।

भक्तराज आचार्यको स्वरको जहाँ छन् बुद्धका आँखा…, अरुणा लामाको पोहोर साल खुशी फाट्दा…, सपनाश्रीको हेरेको तिमीलाई आँखाले हैन्…., तारादेवीको उकाली ओरालीहरुमा…, आशा भोस्लेको झझल्को लिएर आउँछ…, जस्ता गीतहरुमा उनको गायकी जमेको छ । लत्ता मंगेश्करदेखी अल्का याग्नकि, कविता कृष्णमुर्ती, सोनाली ठाकुरसम्मका अजीब दाशता हे ऐ…, लगजा गले…, तुम हि हे…, सवाँर लु…, चल्ते चल्ते… लगायतका गीतहरु काराओकेमा गाएर युूट्युब मार्फत उनले धेरैको मन जीतिरहेकीछिन् । लोकप्रिय नेपाली, हिन्दी गीतहरु काराओकेमा गाएर युूट्युबमा राखेकी निक्कीको गलाले नेपाली गीतसंगीतमा एउटा सम्भावनाको संंकेत गरेको छ । उनले गाएका डेढ दर्जन नेपाली र हिन्दी गीतहरु युट्युबमा हेर्न सकिन्छ ।

काठमाडौं, कोटेश्वरकी निक्की अमेरिका जानुभन्दा अघि आफु पढने ब्रुकफिल्ड स्कुलका कार्यक्रम र रातो बंगला स्कुलको छन्द कविता वाचनमा सहभागी हुन छुटाउँदिनथिन् । ३ वर्षकै उमेर गीत गाउँन थालेकी। उनले अमेरिका जानु अघि एक वर्ष शास्त्रीय संगीतकी गुरु संगीता प्रधानसँग संगीतको प्रशिक्षण पनि लिएकी थिईन् । अमेरिकामा पनि संगीत पढिरहेकी निक्की एक वर्षपछि नेपाल आएर आफनै स्वरमा नयाँ गीत रेकर्ड गरेर अल्वम निकाल्ने योजनामा छिन् । भन्छिन् “पहिले घरैमा गाउँने गीतहरु खिचेर युट्युबमा राख्दा धेरैले रुचाएपछि उत्साह थपिएको छ ।”

उनले गाएको गीत बहिनी निश्माले भीडीयो खिचेर एक वर्ष यता इण्टरनेटमा अपलोड गर्दै आएकीछिन् । मल्टी मीडीयाका कारण आफुलाई सजिलो भएको अनुभव सुनाउने निक्की भन्छिन्, “अर्को वर्ष नेपाल आएर नयाँ गीत रेकर्ड गर्छु ।” उनलाई पुराना हिन्दी नेपालीसँगै आधुनिक र रक, पप गीत पनि गाउँन मन लाग्छ । उनका बुबा शंकर कार्की छोरीको संगीतप्रतिको लगन देखेर अर्को साल अल्बमकै लागी नेपाल आउँन लागेको बताउँछन् ।
-अनुशील

हे. युट्युब लिङ्क :

[youtuber youtube=’http://www.youtube.com/watch?v=Jr02E9tRsc8&list=UUzlV9dVDxDN4eJ6BpKKjsMQ&feature=share&index=1′]

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>