अर्थ/बजारसोमबार, चैत्र २४, २०७०
एडिबीद्वारा दुई अर्ब बढीको ऋण सहयोग, ०७४ सालमा मेलम्ची आउने
एडिबीले मेलाम्ची खानेपानी आपूर्ति आयोजनाको सुरुङ निर्माण र संस्थागत सुधारका लागि आठ वर्षका लागि ०.७५ प्रतिशतको ब्याजदरमा २ अर्ब ४२ करोड ८५ लाख रुपैयाँ उपलब्ध गराएको अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाले जनाएको छ ।
मन्त्रालयमा २४ चैतमा आयोजित कार्यक्रममा महाशाखाका सहसचिव मधुकुमार मरासिनी र बैंकका निर्देशक किनिची योकोयामाले सहमतिपत्रमा हस्तक्षर गरे । सहसचिव मरासिनीले विसं २०७३ को वैशाखसम्ममा काठमाडौँ उपत्यकाका जनताले मेलम्चीको पानी पिउन पाउने अवस्था आउने दाबी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
