रमझममंगलबार, चैत्र २५, २०७०
न्यूयोर्कमा भिमदत्तको प्रिमियर
न्यूयोर्कको कुईन्सस्थित सेन्टर सिनेमा हलमा भएको ‘भिमदत्त’ को प्रिमियरमा अमेरिकामा बस्ने नेपालीहरुको उल्लेख्य उपस्थिति थियो ।
प्रिमीएर शो का लागि चलचित्रका निर्देशक हिमग्याप टासी र कलाकार श्रीराम पुडासैनी नेपालबाट न्युयोर्क आएका थिए भने निर्माता मध्येका अनुराधा शाह बोस्टोनबाट उपस्थित भए ।
नेपालको सूदुर पश्चिमाञ्चलको डडेलधुराबाट अन्याय, अत्याचार र असमानताको बिरुद्ध क्रान्तिको मोर्चाबन्दी गरी किसान आन्दोलन गरेका भीमदत्त पन्तको जीवनीमा आधारित फिल्ममा राणाकालिन अवस्थाको नेपाली समाज र हालको लोकतान्त्रिक नेपालको राजनीतिक घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।
भीमदत्ताको असल कामलाई चिनाउनु राम्रो भए पनि फिल्ममा हिंसा धेरै भएको, चलचित्र हेर्न आएका न्युयोर्क निवासी वंशलाल मोक्तानले भने ।
डडेलधुरा घर भै हाल न्युयोर्क बस्ने युवा भोला भन्डारीलाई चलचित्रले सुदुर पश्चिमको लुकेको कथा भन्दै प्रशंसा गरे ।
नेपालमा राजनीतिक हिंसा अझै भइरहेकाले हिंसाविरुद्धको खबरदारी फिल्मले गरेको निर्देशक टासीले दावी गरे ।
चलचित्रमा नवल खड्का, श्रीराम पुडासैंनी, निशा अधिकारी, सुमिना घिमिरे, रमेश बुढाथोकी, लय संग्रौला, बिएस राणा, कविता शर्मा, उत्तम केसी लगायतको भूमिका छ ।
ङिमा पाख्रिन, न्युयोर्क