रमझममंगलबार, चैत्र २५, २०७०
पेन्टिङ र तस्वीरको कोलाज
विदेशमा बस्ने नेपालीलाई मातृभूमिको सम्झना नहुने कुरै आएन । फरक भनेको सम्झने तरिका हो । ६ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी सहाराले भने कोलाज कला मार्फत नेपाल सम्झिएकी छन् । उनको डिजिटल कोलाजको प्रदर्शनी अहिले न्यूयोर्क र काठमाडौंमा भइरहेको छ ।
डिजीटल कोलाजका रुपमा तस्बीर र पेण्टिङको समिश्रण गरेर बनाइएका सहाराको मीक्स मीडिया आर्ट दर्शकको ध्यान खिच्न सफल छ । ‘ट्रान्सपोट्र्स’ सिरिज अन्तर्गतको यो प्रदर्शनी काठमाडौंको (दरबारमार्ग) सिटी म्युजियममा २५ चैतसम्म र न्यूयोर्कको वेष्ट ग्यालरीमा २३ चैतसम्म प्रर्दशनमा राखीएको थियो । विगत तीन वर्षयता अमेरिकामा केही संयुक्त प्रदर्शनीहरू गरेकी सहाराको नेपालमा पहिलो प्रदर्शनी हो ।
काठमाडौंमा ‘ग्राफिक आर्ट सोकेस’ नाम दिइएको प्रदर्शनीमा नेपाली महिला र कामदारहरूको चलायमान दैनिकी उतारिएका आठ सिर्जना छन् । टाउको माथि तगारीमा सिंगो शहर र धरोहर बोकेर हिंडिरहेकी कामदार महिला होस् या डोकोमा आइसक्रिमको भारी बोकेकी शेर्पा बालिका– सबै चित्रले दर्शकको मन छुन्छ । भत्किन लागेको घण्टाघरलाई एउटी परिचयविहीन महिलाले आड दिएकी छन् । अर्को चित्रमा कामबाट फर्केको नेवार हिमालको ब्रिफकेशमा बसेका छन् । एक जना तन्नेरी हात्तीमा हिमालको भारी लादेर अन्तरिक्षतिर लम्केका छन् ।एक महिला नाङ्गालेभरीको समुन्द्रमा हातले ढुङ्गालाई उतार्दैछिन् । सहाराको डिजीटल कोलाज हेरेपछि उनको दिमाग र प्रतिभालाई क्याबात भन्न मन लाग्छ ।
आफ् जन्मे हुकेैको र पढेको नेपाल र यहाँको जनजीवन सम्झेर त्यसैलाई कलामा उतारेको उनी बताउँछीन् । “आफू जन्मे–हुर्केको नेपाललाई मैले यसरी ने सम्झें”, सहारा भन्छिन् । नेपालका धेरै कुना कन्दरामा अझै पनि सडक पुगेको छैन । भएका विकास–निर्माणमा ठूलो भूमिका खेल्ने कामदारहरूलाई काम सकिएपछि सबैले बिर्सन्छन् । आप्mनो कलामा तिनकै भावना व्यक्त गर्न खोजेको उनले बताइन् । घरमा आमा, दिदीबहिनी, श्रीमती र कार्यस्थलमा खेताला–मजदूर बन्ने बहुसंख्यक नेपाली महिला सहाराको सिर्जनामा हावी छन् । नेपालमा तन्नेरीहरूका लागि अंग्रेजी मासिक म्यागजिन ‘वेभ’ मा पत्रकारिता गरेकी सहारा अहिले न्यूयोर्कमा व्यावसायिक ग्राफिक्स डिजाइनर छिन् । उनका लेख, रिपोर्टिङ र कथा मासिक ‘वाई’ र ललित अनलाइन पोर्टलमा प्रकाशित छन् ।
३ वर्ष अघिदेखी नै न्युयोर्कका केहि ग्यालरीमा फाट्ट फु्टट् प्रर्दशनीमा दर्शकले मन पराएपछि नेपालमा एकल प्रर्दशनी गर्न हौसीएकी सहाराले ४ महिना लगाए १० वटा नयाँ सिर्जना तयार गरिेकी हुन् । कलामै लाग्छु भनेर कहिले नसोचेकी सहारा अहिले भने सबैबाट राम्रो ‘रेस्पोन्स’ पाएर उत्साहित भएकी छिन् ।
-अनुशील श्रेष्ठ