अर्थ/बजारमंगलबार, चैत्र २५, २०७०

निम्बसको उद्योगमा हडताल

हिमालखबर

पशुपन्छीको दाना उत्पादन गर्ने प्रो बायोटेक उद्योगमा कार्यरत २७ जना मजदुरहरुले आफूहरुले २४० दिनभन्दा पहिलेदेखि नै काम शुरु गरेको भए पनि व्यवस्थापनले नियक्ति पत्र नदिएको र दैनिक ज्यालादारीमा खटाइ रहेको भन्दै हडताल र धर्ना गरेका छन् ।

उनीहरुले गत १३ चैतमा आन्दोलन शुरु गरेपछि उद्योग व्यवस्थापनले वार्तामा बोलाएर माग पूरा गर्ने आश्वासन दिएपनि अहिलेसम्म कुनै सुनुवाई नभएको मजदुरहरुले बताएका छन् ।

दैनिक ज्यालावापत आफूहरुले आठ घण्टाको ३१८ रुपैयाँ र ओभरटाईम गरेवापत प्रति घण्टा ५९ रुपैयां भत्ता पाउनुपर्ने भएपनि ओभरटाइम गरेर जम्मा ४०० रुपैयाँ दैनिक पाइरहेको गुनासो गरेका छन् ।

तर, उद्योगको व्यवस्थापनले आन्दोलनरत मजदुरहरुको माग जायज नभएको बताएको छ ।

ब्यवस्थापनका अनुसार हड्तालमा उत्रिएका मजदुरहरु ठेकेदारमार्फत् ज्यालादारीमा काम गर्दै आएकाले उनीहरुलाई उद्योगले स्थायी नियुक्ति दिन नसक्ने जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>