खेलकुदबुधबार, चैत्र २६, २०७०

क्रिकेट खेलाडीलाई नागरिक सम्मान

हिमालखबर

‘सम्मानको उत्सव देशको गौरव नेपाली क्रिकेट टिम’ नाम दिइएको प्रिज्मा इभेन्ट्स्ले आयोजना गरेको कार्यक्रममा टिमका क्याप्टेन पारस खड्कालाई संयुक्त रुपमा ३ लाख ५० हजारको चेक प्रदान गरिएको थियो । जसमा वेष्टन युनियनले दिएको १ लाख, युनिभर्सल गोल्डस्टारले १ लाख, आइएमइले १ लाख, कैलाश बैंकले २५ हजार, जनता फर्मास्यूटिकलले १० हजार, फ्रेक्युलिटी स्पाले १० हजार र ‘क्रिकेटका सारथीहरु’ भन्ने पुस्तकका प्रकाशक राजीबराज जोशीले दिएको ५ हजार रुपैया समावेश थियो ।

बिश्वकपमा नेपाली खेलाडीहरु मध्ये उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अलराउण्डर बसन्त रेग्मीलाई ‘बजाज पल्सर वल्र्डकप प्लेयर अफ द सिरिज अवार्ड” स्वरुप एच एच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले बजाज पल्सर मोटरसाइकल प्रदान गरे ।

अवार्ड बिजेता रेग्मीले नसोचिएको अवार्ड पाउँदा खुशी लागेको र अब अझै मेहनत गरेर खेल्ने बताए ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाद्वारा नेपाली महिला क्रिकेट टिमलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा बिभिन्न ब्याण्डहरुले सांगीतिक प्रस्तुति दिनुका साथै लोकप्रीय गायक गायिकाहरुले राष्ट्रिय गीतहरु गाएर करिब १० हजार दर्शकहरुको मन जितेका थिए ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>