अर्थ/बजारबुधबार, चैत्र २६, २०७०
आइएमइ र कमर्स एन्ड ट्रष्ट बैंकद्वारा एकीकृत कारोबार शुरु
मर्जरपछि शाखा सञ्जालमा ग्लोबल आइएमइ बैंक देशको सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको छ । बैंकसँग शाखा, शाखारहित बैंकिङ र काउन्टर गरेर १२० स्थानबाट बैंकिङ सेवा उपलब्ध हुनेछ भने ग्राहक सङ्ख्या पाँच लाख पुगेको छ ।
२६ चैतमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा रामशरण महतले ‘ग्लोबल आइएमइ बैंक’ को नामबाट एकीकृत कारोबार शुरु भएको घोषणा गरे ।
मन्त्री महतले ‘क’ वर्गका दुई बैंक एकीकरण हुनु उत्कृष्ट उदाहरण भएको भन्दै ठूला संस्था नै प्रतिस्पर्धाका लागि योग्य हुने भएकाले अन्य संस्थालाई पनि यसबाट प्रेरणा मिल्ने बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नका लागि ठूलो संस्था बन्न आवश्यक रहेको भन्दै अन्य बैंकलाई पनि यसतर्फ अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज ब्रजाचार्यले बैंकले उत्पादन क्षेत्रमा लगानी गर्ने र विपन्न वर्गमा बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘क’ वर्गका दुई वाणिज्य बैंक गाभिएपछि यस बैंकको रु ६ अर्ब पुँजीकोष, रु ४९ अर्ब निक्षेप, रु ४१ अर्ब ऋण पुगेको बैंकले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
