अर्थ/बजारआइतबार, चैत्र ३०, २०७०

३८ करोडको आलु चिप्स आयात

हिमालखबर

sanjeevनेपाली किसानलाई व्यावसायिक रुपमा चिप्स बनाउन सरकारले प्रोत्साहन गर्न नसक्दा वार्षिक करोडौं रुपैयाँ चिप्स आयातका लागि विदेशिने गरेको छ ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आयोजित कार्यक्रममा कृषि वैज्ञानिक तथा प्राविधिकले नेपालमा वर्षेनी रु ३८ करोड मूलयको चिप्स आयात हुने बताएका हुन् ।

“किसानले कृषिजन्य उत्पादन निर्यात गरेर आम्दानी बढाउन सक्ने सम्भावनाको उपयोग गर्नुको सट्टा उल्टै चिप्सका लागि विदेशी किसान माथि आश्रित हुनु परनिर्भरताको परकाष्ठा हो,” राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक ईश्वरीप्रसाद गौतमले भने ।

चिप्स उत्पादनमा आत्मनिर्भर हुन र यसको उत्पादनबाट किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याई गरिबी न्यूनीकरण गर्ने उद्देश्यले परिवानीपुरमा चिप्स बनाउने तालिम सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>