अर्थ/बजारमंगलबार, बैशाख २, २०७१

आइएफसीले जलविद्युत् विकासका लागि ६ खर्ब सहायता गर्ने

हिमालखबर

१ बैशाखमा अर्थमन्त्री रामशरण महत र आइएफसीका कार्यकारी उपाध्यक्ष तथा कार्यकारी प्रमुख जिन योङ काइबबीच विश्व बैंकको प्रधानकार्यालय वासिङ्टन डिसीमा भएको भेटमा उपाध्यक्ष जिनले नेपाललाई जलविद्युतको विकासका लागि ६ खर्ब रुपैयाँ बराबरको सहयात उपलब्ध गराउने बताएका छन् ।

आइएफसीले तीन हजार मेगावाट विद्युत् उत्पादनका लागि र प्रसारण लाइन निर्माणका लागि पनि सहायता गर्ने जानकारी दिएको छ । जलविद्युत् आयोजनामा आन्तरिक खपत र विदेश निर्यातका लागि लक्षित आयोजनाहरु पनि छन् ।

आर्थिक स्रोत जुटाउन स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न आइएफसीले माग गरेबमोजिम नेपाल सरकारले त्यसो गर्ने अनुमति दिने निर्णय यसअघि नै गरिसकेको छ ।

आइएफसीले ३८ मेगावाट क्षमताकोे काबेली जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।

काबेलीका अतिरिक्त आइएफसीले २१३ मेगावाटको माथिल्लो त्रिशूली, ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी, ९०० मेगावाटको माथिल्लो कर्णाली, ९०० मेगावाटको अरुण–३ लगायत करिब तीन हजार मेगावाट क्षमताका बृहत् विद्युत् आयोजनामा लगानी गर्न चासो देखाएको छ ।

त्यस्तै, भारत निर्यातका क्रममा नेपाल–भारत विद्युत् प्रसारण लाइन निर्माण बारेमा पनि आइएफसीका उच्च अधिकारीसँग विचारविमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीसँगको भेटमा उक्त संस्थाका उच्च अधिकारीले जलविद्युत्का अतिरिक्त पर्यटन र दूरसञ्चारका क्षेत्रमा पनि लगानी गर्न अभिरुचि देखाएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>