रमझमशुक्रबार, बैशाख ५, २०७१

फिल्ममा नयाँ अभ्यास

हिमालखबर

फिल्मको व्यापार आकाशेखेती जस्तै भएको छ, नेपालमा । फिल्ममा लगानी बढ्ने क्रमसँगै निर्माताहरू डुबी पनि रहेका छन्।

तस्वीर: कबड्डी

यो जोखिमबाट जोगिन प्रदर्शन उन्मुख चलचित्र कबड्डी ले मुख्य कलाकार, प्राविधिक, निर्देशक, लेखक सबैलाई फिल्मले राम्रो कमाएमा पछि मात्र डबल पारिश्रमिक दिने उपाय अवलम्बन गरेको छ। फिल्मले व्यावसायिक सफलता नपाएसम्म उनीहरू शेयरहोल्डर रहने छन्।

लूट, बासुल्ली, टलकजंग भर्सेज टुल्के जस्ता फिल्म बनाएको कम्पनी ब्ल्याक हर्सले निर्माण गरेको कबड्डी का निर्देशक रामबाबु गुरुङ राम्रो सिनेमा बन्न पैसाले नरोकियोस् र चलचित्र डुब्दा पनि निर्माताको घरखेत नजाओस् भनेर जोखिमको सामूहिक हल खोजेको बताउँछन्।

कबड्डी मा निर्देशक रामबाबुसँगै सिनेमाटोग्राफर पुरुषोत्तम प्रधान, लूट का निर्देशक निश्चल बस्नेत, रंगकर्मी राजन खतिवडा, दयाहाङ राई लगायत संलग्न छन्। राजनले फिल्मको स्त्र्किप्ट दह्रो भएकाले यो कन्सेप्ट सफल हुने आशा व्यक्त गरे।

निकै गैर–व्यावसायिक लाग्ने यो कन्सेप्टमा एक लाख पारिश्रमिक पाउनेले फिल्म चल्यो भने दुई लाख पाउँछ, तर फिल्म डुब्दा एक पैसा पनि पाउँदैन। यस्तोमा जस्तो पायो त्यस्तै फिल्ममा काम गर्न कोही तयार नहुने राजन बताउँछन्।

यो कन्सेप्टमा बनेको कबड्डी १२ वैशाखबाट प्रदर्शनमा आउँदैछ भने तान्द्रो को छायांकन भइरहेको छ। रामबाबु भन्छन्, “शुरुमा स्वामित्व र पछि फिल्म राम्रो चल्यो भने सबैले राम्रै पारिश्रमिक पाउँछन्।”

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले पनि यसलाई निर्माता बचाउने र राम्रो सिनेमा दिने गजबको उपाय मानेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>