खेलकुदशुक्रबार, बैशाख ५, २०७१

क्रिकेट जर्सीको क्रेज, बिक्री रोकिएन

हिमालखबर

बंगलादेशमा नेपाल र अफगानिस्तानबीचको खेल हेर्दै नेपाली टोलीको जर्सीहरु नेपाली दर्शकहरु । तस्वीर: रामेश्वर बोहरा

क्रिकेट जर्सीको आधिकारिक बिके्रता स्पोर्टस् युनिभर्सका कार्यकारी निर्देशक तथा तेक्वान्दो खेलाडी दीपक बिष्ट नेपालमा बढेको क्रिकेट क्रेजका अतिरिक्त जर्सी हेर्दै पनि आकर्षक भएकोले बिदेशीले पनि मनपराएको बताउँछन् ।

उनले भने “ नेपाली क्रिकेट खेलाडीका बढेका प्रशंसकसँगै जर्सीको रंग र डिजाइन पनि आकर्षक भएकोले यसको विक्री विगत दुई महिनादेखि उस्तै छ ।”

सिंगापुरको बिएस स्पोर्टस्ले पाकिस्तानमा नेपाली क्रिकेट जर्सीको उत्पादन गर्छ । बिएस स्पोर्टस नेपाली क्रिकेट टोलीको स्पोन्सर समेत हो । अहिले एउटा जर्सीको खुद्रा मूल्य १,१०० र होलसेल मूल्य १,०५० रहेको बिष्ट बताउँछन् ।

बिष्टले अहिलेसम्म ५८०० गोटा जर्सी बिक्री भइसकेको जानकारी दिए । उनले आफूले शुरुमा ५००० हजार मात्रै जर्सी मगाएको र त्यो केही दिनमै सकिएको भन्दै त्यसपछि तुरुन्तै आयात गर्न नसक्दै माग अनुसार पु¥याउन नसकिएको बताए ।

उनले जर्सी अष्टे«लिया, युके, युएई, बंगलादेशमा बस्ने नेपालीहरुले पनि मगाएको जानकारी दिए । उनले भने “बिदेशबाट पनि जर्सीको डिमाण्ड यति धेरै होला भनेर मैले सोचेको थिएन ।”
दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>