अन्तर्वार्ता/विचारसोमबार, बैशाख ८, २०७१

‘क्यानको कार्यशैलीमा कमजोरी छ’

हिमालखबर

आन्दोलनमा उत्रिएका खेलाडीसँग वार्ताको नेतृत्व गरेका क्यानका उपाध्यक्ष चतुरबहादुर चन्दसँग गरिएको कुराकानीः

तस्वीरः देबकी बिष्ट

क्रिकेट खेलाडी र क्यानबीचको विवाद समाधान भएको हो ?

तीनबुँदे सहमति भएर विवाद समाधान भएको छ । नेपाललाई देश–विदेशमा चिनाउने खेलाडीले उठाएका आफ्ना हक–अधिकारका विषयलाई सम्बोधन गर्न खेलाडी, प्रशिक्षक, क्यान, सरकारका प्रतिनिधि सम्मिलित समिति बनेको छ ।

दीर्घकालीन समाधान भयो कि तत्काललाई टालटुल मात्र ?

समिति बनेकै दीर्घकालीन समस्या समाधान गर्न हो । यो समितिले गरेको सिफारिशले क्यानलाई योजना तर्जुमा गर्न सघाउने छ ।

खेलाडीलाई तलब समेत नदिनुको कारण के हो नि ?

तलबको कुराले मिडियामा बढी चर्चा भयो । तर, पछिल्लो दुई वर्षयता क्रिकेटरहरूले वार्षिक रु.२५–३० लाख कमाएका छन् । बंगलादेशमा खेल्दा पनि दैनिक रु.१५ हजार भत्ता दिइएको थियो । आठ कर्पोरेट हाउसबाट मासिक रु.१५ हजार पाएका छन् । खेलाडी र क्यानबीच ६–६ महीनामा तलब दिने सम्झौता पालना नभएको चाहिं आंशिक सत्य हो ।

यो घटनाले क्यान निकै कमजोर र खेलाडी बलिया देखिए नि हैन ?

क्यान कमजोर छैन र हुँदैन पनि । तर कार्यशैली कमजोर भएको हो । यस्तो हुनुमा क्यान नेतृत्व बढी जिम्मेवार छ । जुनसुकै आस्थाको भए पनि क्यानमा राजनीति गर्नुहुँदैन ।

नेपाली क्रिकेट विकासका लागि तपाईंहरूसँग के योजना छन् ?

अब हामी जुनियर क्रिकेटमा लाग्नुपर्छ । हाम्रो मुख्य ध्यान ब्याकअपका लागि जुनियर खेलाडी उत्पादन गर्ने हुनुपर्छ । सरकारले मैदान बनाउने प्रतिबद्धता जनाइसकेको छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>