खेलकुदमंगलबार, बैशाख ९, २०७१

कराते टोलीको विदाइ

हिमालखबर

भारतको आन्ध्र प्रदेशमा हुने प्रतियोगितामा भाग लिन २१ खेलाडीसहित २७ सदस्यीय नेपाली टोली भारत प्रस्थान गर्दैछ । टोली १० बैशाखमा त्यसतर्फ प्रस्थान गर्दैछ ।

अप्रिल २६ र २७ तारिखमा हुने प्रतियोगितामा विनिता, अनुश शाही, प्रकाश राई, मन्दिप महर्जन, सन्देश लामा, अप्सरा लम्साल, रेश्मा तामाङ, शारदा ठकुरी, छेवाङ लामा, सुमन श्रेष्ठ, राम गिरी, कालु घले, आशिष गिरी, विनय लामा, सुनील स्याङबो, सन्जिव लामा, सुस्मिता सापकोटा, आङडोमा लामा, विजय वाइबा, कर्मा लामा तथा दावा ल्हामु लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा नेपाल गोजुरियो कराते डो संघका अध्यक्ष सीपी घर्ती मगर, प्रमुख निर्णायकमा विआर मित्र तथा प्रशिक्षकमा सानुबाबु गिरी रहेका छन् । दीपक लामा, ओम्पु लामा र जगननाथ चौधरीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले ९ बैशाखमा एक कार्यक्रमबीच बिदाइ गरे ।

दीपेन्द्र सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>