खेलकुदबुधबार, बैशाख १०, २०७१

दक्षिण एसियाकै तीब्र नेपाली आरोहण धावक सम्मानित

हिमालखबर

धावक पण्डितलाई राजधानीस्थित गोल्डेनगेट कलेजले १० बैशाखमा सम्मान गरेको हो । सगरमाथा आरोही तथा शिखर आरोहण धावक पण्डित रु.१ लाख पुरस्कारसहित सम्मानित भएका हुन् ।

राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै शिखर आरोहण धावक सञ्जय पण्डित । तस्वीरः दीपेन्द्र सापकोटा

दशरथ रंगशालामा आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले उनलाई पुरस्कार प्रदान गरे । पच्चिस वर्षीय पण्डितले गत मार्चमा अफ्रिकाको सर्वोच्च शिखर क्लिमान्जारोको ६ घण्टा १३ मिनेटमा आरोहण गरी तीब्र गतिका धावक बनेका थिए ।

दक्षिण एसियाकै तीब्र धावक उनले सर्वोच्च शिखर सगरमाथा, मनास्लु, आइल्याण्ड पिक, नागार्जुन हिमाल, छुकुंग्री पिक, लार्के पिक लगायतका हिमाल आरोहण गरेका छन् ।

अहिलेसम्म २ हजार ४७५ किलोमिटर दूरी दौडेर उनले नेपाली अल्ट्रा धावकका रुपमा किर्तिमान बनाएका छन् । विश्वका ७ वटै महादेशका सर्वाधिक उच्च शिखरको आरोहण अभियान ‘सेभेन समिट’मा लागेका उनी रुसको माउन्ट एल्प्सको आरोहणको तयारीमा छन् ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>