Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ड्राइभर होइन राजदूत - Himalkhabar.com

टिप्पणीशुक्रबार, बैशाख १२, २०७१

ड्राइभर होइन राजदूत

डा. सुमनराज ताम्राकार

कुनै पनि ठाउँमा अलि राम्रो खालको स्वास्थ्य संस्था स्थापना गर्ने परिकल्पना गर्ने बित्तिकै आधारभूत आवश्यकताको रूपमा एम्बुलेन्स सेवाको कुरा आउँछ। गाउँघरबाट बिरामीलाई आफ्नो स्वास्थ्य संस्थासम्म ल्याउन र आफूले दिन नसक्ने सेवाका लागि उपल्लोस्तरको स्वास्थ्य केन्द्र वा अस्पतालमा रेफर गरेर पठाउन पनि एम्बुलेन्स नै चाहिन्छ। त्यही कारण, देशका विभिन्न भागमा एम्बुलेन्स सेवा संचालनार्थ वेलाबखत अभियान नै संचालन भएका छन्। नेपालभर अहिले कति एम्बुलेन्स छन् र कस्तो योग्यताका तिनका चालक छन्, यकिन गरेर भन्न सकिंदैन।

एम्बुलेन्स गाडी अन्य सवारी साधनभन्दा भिन्न हुनुपर्छ। गाडीको कन्डिसन जहिल्यै ठीक र तम्तयार अवस्थामा हुनुपर्नेमा दुईमत छैन। आकस्मिक समस्याले रातबिहान, उकालीओराली केही भन्दैन। स्ट्रेचर र सुविधायुक्त खाट भएको एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर, स्लाइन तथा प्राण बचाउने औषधिको राम्रो व्यवस्था हुनुपर्छ। एम्बुलेन्समा रेफर गरिएका बिरामीका साथमा एक जना स्वास्थ्यकर्मी हुनुपर्ने अन्तर्राष्ट्रिय नियम छ।

नेपालको परिप्रेक्ष्यमा तत्कालका लागि त्यो सम्भव नभएकाले विकल्पको रूपमा एम्बुलेन्स चालकलाई अक्सिजन, स्लाइन पानी लगायत चलाउने आधारभूत ज्ञान दिन सकिन्छ। तालिमप्राप्त चालकले अस्पतालको निर्देशन अनुसार यात्राको क्रममा आवश्यक व्यवस्थापन गर्न सक्छ।

चालकको खुबी

सम्बन्धित निकाय (आ–आफ्नो स्वास्थ्य संस्था वा अस्पताल) हरूले आफ्ना एम्बुलेन्स चालकलाई प्राथमिक उपचार, आधारभूत तहको जीवन बचाउने तरीका र सामान्य तवरमा रक्तचाप, नाडीको गति, शरीरको तापक्रम, सास फेर्ने दर जाँच गर्ने तरीका तथा परिआएको खण्डमा कृत्रिम श्वासप्रश्वास र मुटुको धड्कन पुनः संचालन गर्न देब्रे छाती थिच्ने तरीका सम्बन्धी तालिम दिनुपर्छ।

हरेक एम्बुलेन्स चालकलाई विभिन्न अस्पतालको इमर्जेन्सी विभागको सम्पर्क फोन नम्बर र ‘लोकेशन’ राम्रो जानकारी हुनुपर्छ। एम्बुलेन्स चालक सुझबुझयुक्त र चनाखो हुनुपर्छ। चालकले सम्बन्धित अस्पतालको आकस्मिक कक्षमा ड्यूटीमा रहेका डाक्टर वा अरू स्वास्थ्यकर्मीलाई फोन वा मोबाइल मार्फत आफूले ल्याउन लागेको बिरामीबारे संक्षिप्त जानकारी दिनुपर्छ।

कुनै वेला भवितव्य परी धेरै जना घाइते हुँदा आफ्नो मात्र एम्बुलेन्स नपुग हुनसक्ने हुनाले एम्बुलेन्स चालकले आफू जस्तै अन्य एम्बुलेन्स चालकको सम्पर्क फोन नम्बर पनि राख्नुपर्छ। यसबाट कथंकदाचित यात्रा गर्दागर्दै आफ्नो गाडी बिग्रिएको खण्डमा अन्य साथीलाई बोलाई बिरामीलाई समयमै निश्चित ठाउँमा पुर्‍याउने वैकल्पिक व्यवस्था हुन्छ।

एम्बुलेन्सहरूले रेडक्रसको संकेत चिन्हको साटो आफ्नै वा अस्पतालको फरक चिन्ह प्रयोग गर्नुपर्छ। बिरामी ओसार्दा एम्बुलेन्सको साइरन वा हर्न बजाएको बजाएकै गर्नुहुँदैन। त्यसैगरी, आपतकालीन भन्दैमा गाडीको वेगलाई अनियन्त्रित बनाउनुहुँदैन, जसले गर्दा बिरामीलाई अस्पताल नै पुर्‍याउन नसकियोस्। करीब एक महीना अगाडि सुत्केरी व्यथा लागेकी महिलालाई अस्पताल ल्याउने क्रममा अत्यधिक वेगमा रहेको एम्बुलेन्स सडकबाट निकै तल खस्दा महिलाको घटनास्थलमै मृत्यु भयो भने उनका आफन्त र चालक गम्भीर घाइते भए।

एम्बुलेन्स तेज गतिमा कुदाउँदा बटुवालाई ठक्कर दिएको, अरू गाडीसँग ठोक्किएको घटना बेलाबखत हुँदै आएका छन्। त्यसैले एम्बुलेन्स चालकमा परिपक्वताका साथै सवारी सम्बन्धी प्राविधिक ज्ञान, आफूले चलाउने क्षेत्रको सडक स्थिति सम्बन्धी जानकारी हुनु अनिवार्य छ।

माथि उल्लिखित कुरालाई विचार गर्दा एम्बुलेन्स चालक सुझबुझयुक्त, चनाखो र विवेकशीलका साथै स्वास्थ्य सम्बन्धी आधारभूत तालिम पाएको व्यक्ति हुनुपर्छ। धुम्रपान, मद्यपान नगर्ने त्यस्ता जिम्मेवार र विवेकशील चालकले आकस्मिक वा भवितव्यको अवस्थामा आफूसँगै यात्रारत बिरामी तथा उनका आफन्तलाई नआत्तिन, हतास नहुन सम्झाउन सक्छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>