खेलकुदशुक्रबार, बैशाख १२, २०७१

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसी सम्मानित

हिमालखबर

धावक केसीलाई सदावहार खेलकुद समाज र रिलायन्स एजुकेसन फाउन्डेसनले सम्मान गरेको हो । राजधानीमा १२ बैशाखमा आयोजित कार्यक्रममा उनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले दोसल्ला ओढाएर सम्मान गरे ।

सन् १९७३ मा फिलिपिन्सको राजधानी मनिलामा आयोजित ट्रयाक्क एन्ड फिल्ड प्रतियोगितामा उनले नेपालका लागि काँस्य पदक दिलाएका थिए । उनले २ घण्टा २६ मिनेटमामा म्याराथुन दौड पूरा गरेका थिए ।

उनी सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागी भएका थिए । सन् १९८० मा बैंककमा भएको एसियाली खेलकुदमा सहभागी भएपछि भने उनले खेल जीवनबाट सन्यास लिएका थिए । उनले खेल जीवनमा तीन वटा एसियाली खेलकुद, एक ओलम्पिक र दुईटा एसियन ट्रयाक् एन्ड फिल्डमा सहभागीता जनाएका थिए ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>