Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कोक फिगर आशिष्मा - Himalkhabar.com

रमझमशनिबार, बैशाख १३, २०७१

कोक फिगर आशिष्मा

हिमालखबर

नेपाली सिने क्षेत्रमा आशालाग्दो नायिकाको रुपमा देखा परेकी आशिष्मा नकर्मीले अन्तराल, तोरी लाहुरे, सिक्स फिट लाइफ, राघव र बुद्ध वर्न इन नेपाल गरी पाँच वटा फिल्ममा अभिनय गरिसकेकी छिन्।

दश वर्षअघि संगीतकर्मी बुबा मनराज नकर्मीको गीतको म्युजिक भिडियोबाट कला क्षेत्रमा आएकी आशिष्माको अभिनय नेवारी फिल्ममा पनि अब्बल देखिएको छ।

उनले न्याल्ला ब्याँ, पपु मधुमया झानगा, मु मधुगु जिन्दगी, तारेमाम लगायत नेपाल भाषाका दर्जन फिल्ममा अभिनय गरिसकेकी छन्। दुई दर्जन म्युजिक भिडियो कि नायिका आशिष्मा अर्धकट्टी को अन्तिम छायाङ्कनमा छिन्। “पहिलो फिल्म अन्तराल प्रदर्शन लगत्तै मलाई कामको खाँचो भएन”, आशिष्मा भन्छिन्।

सात वर्षअघि हस्पिटालिटी म्यानेजमेन्ट को कोर्स गर्न अमेरिका जाँदा उनलाई धेरैले अब नेपाल फर्कन्नु भन्थे। तर, पढाइपछि पाएको होटलको जागीर छोडेर आफ्नो रुचिको काम गर्न नेपाल आइन्।

लगातार ६ वटा फिल्ममा काम गरे पनि सबैमा लगभग एकै किसिमको अभिनय गर्नुपर्दा आफ्नो क्षमता देखाउन नपाएको उनलाई लागेको छ। हिन्दी फिल्म डर्टी पिक्चर, फेशन, हिरोइन जस्ता नारी प्रधान ग्ल्यामरसमा अभिनय गर्ने उनको चाहना छ।

आशिष्मा भन्छिन्, “चल्तीको भन्दा फरक तर दमदार भूमिकाको प्रतीक्षामा छु।”

साथीभाइबाट मृगनयनी को उपमा पाएकी उनलाई अर्धकट्टी फिल्ममा काम गर्दाको दौरान कोक फिगर भन्न थालिएको छ। कारण, निर्देशक सुव्रत आचार्यले कोक फिगर सुन्दरी खोज्ने क्रममा आशिष्मालाई फेला पारेका थिए।

कोक फिगर भनिंदा आशिष्मालाई खुशी नै लाग्छ, तर कतिले जम्बो कोक भनेर टेन्सन दिन्छन्। कोरियन फिल्म मन पराउने उनी कोरियन र स्पेनिस भाषा समेत बोल्छिन्। फिल्म क्षेत्रमै करिअर देखेकी उनलाई समाजसेवामा पनि रुचि छ। भन्छिन्, “भोलि कसैले देखेको छैन, तर म नेपालमै केही गर्न चाहन्छु।”

शब्द/ तस्बीर : अनुशील

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>