Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘अर्गानिक’ फिल्म ‘कबड्डी’ - Himalkhabar.com

रमझमआइतबार, बैशाख १४, २०७१

‘अर्गानिक’ फिल्म ‘कबड्डी’

हिमालखबर

‘खुट्टा भए जुत्ता कति कति…’, ‘मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टा’, ‘घोडा हो कि खच्चड ? राँगा हो भाइ राँगा !’, ‘बिहे गरेर के गर्छस् ? एक छोरा र एक छोरी जन्माउँछु ।’

फिल्म प्रदर्शन हुनु अगावै ‘प्रोमो’ ‘हिट’ भएको कबड्डी हेर्ने दर्शकले हलमा निराश हुनुपर्दैन । ‘टिपिकल’ गाउँले जीवनशैली र संवादबाट दर्शकलाई दुई घण्टासम्म मनोरञ्जन दिने यो फिल्ममा मुस्ताङको नौरी गाउँको परिवेश छ । मामाचेली र फुपूचेला वैवाहिक सम्बन्ध कायम हुनसक्ने थकाली संस्कारलाई फिल्ममा गजबले प्रस्तुत गरिएको छ ।

३ कक्षा पढेको ३२ वर्षे वीरकाजी (दयाहाङ राई) एसएलसी पास १९ वर्षे सोल्टिनी मैयाँ (रिश्मा गुरुङ) लाई एकोहोरो प्रेम गर्छ । साइनोले सोल्टिनी भएकाले ‘हकले पाएको’ भन्दै हैकम जमाउन खोज्ने काजीलाई मैयाँले भने मन पराउँदिनन् । शहर गएर पढ्ने सपना सँगालेकी उनी शहरिया बाबु विवेक (निश्चल बस्नेत) कै प्रेम जालमा फँस्छिन् । एकोहोरो प्रेमको यो कबड्डीले अन्त्यसम्मै दर्शकलाई बाँधेर राख्छ ।

निर्देशक रामबाबु गुरुङले गाउँको कथालाई रोचक पाराले प्रस्तुत मात्रै गरेका छैनन्, शहरका म्यानपावर कम्पनीहरुबाट ठगिएका बेरोजगार युवकहरुको पीडालाई समेत मन छुने हिसाबले देखाएका छन् । फिल्ममा वैदेशिक रोजगारीमा जान रु.१०–१५ लाख म्यानपावरका मालिकलाई बुझाएका शहरिया र अरब जाने ऋणका लागि गाउँमै काजीको पछिलाग्ने केटाहरुको कथा–व्यथाको गतिलो पाटो छ ।

मुस्ताङको लोकेशनमा पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफीले फिल्मलाई उचालेको छ । दयाहाङका साथी बनेका बिके (विजय बराल) र छत्याल (बुद्धि तामाङ) ले पहिलो फिल्मबाटै फड्को मारेका छन् । नायिकाको रुपमा रिश्मा गुरुङको मात्र होइन अन्य कलाकारहरु निश्चल बस्नेत, राजन खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल, पशुपति राईको पनि अभिनय उम्दा छ ।

पुष्कर गुरुङ र कविता आलेले छोटो भूमिकामा पनि राम्रो अभिनय देखाएका छन् । खलनायकका रुपमा देखिएका अम्बीर ठकुरी (शिशिर बाङ्देल) पनि जमेका छन् । कोरियोग्राफर गोविन्द राई पनि कलाकारका रुपमा देखिएका छन् । फिल्ममा आधासुर ब्यान्डको संगीत छ । मनमोहक दृश्यहरुले भरिएको गाउँले परिवेशमा निर्देशक स्वयंको हास्यप्रधान संवादले मिठास थपेको छ ।

कमेडी फिल्मको रुपमा दर्शक माझ आएको कबड्डी का केही दृश्य भने सुस्त भएको महसूस हुन्छ ।
ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएर १२ वैशाखबाट देशभर प्रदर्शनमा आएको यो फिल्मले प्रदर्शन पछि मात्र पारिश्रमिक लिने नयाँ अभ्यास थालेको छ । त्यो वेलासम्म निर्देशक, कलाकार, प्राविधिक सबै फिल्मका शेयर होल्डर हुनेछन् । मिहिनेतले राम्रै फल खुवाउनेमा कबड्डी का सबै विश्वस्त छन् ।

अनुशील श्रेष्ठ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>