अर्थ/बजारसोमबार, बैशाख १५, २०७१
अब देशभर थ्रीजी मोबाइल सेवा
टेलिकमले थ्रीजी मोबाइल सेवा र वाइफाइ इन्टरनेट सेवा बिस्तार कार्यलाई तीब्रता दिने जनाएको हो । टेलिकमले १५ बैशाखमा कार्यक्रम गरेर निकट भविष्यमै देशका सबै जिल्लामा थ्रीजी र वाइफाइ इन्टरनेट सेवा पुर्याउने जनाएको छ ।
नेपाल टेलिकमले सर्वसाधारण जनतालाई प्रदान गर्दै आएको सेवा समग्रमा देशका अन्य दूरसञ्चार प्रदायक कम्पनीको तुलनामा विशिष्ट र धेरै किसिमको सेवा प्रदान गर्ने संस्थाका रुपमा स्थापित गर्न सफल रहेको टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले दावी गरे ।
नेपाल टेलिकमका १ करोड २ लाखभन्दा बढी ग्राहक छन् । टेलिकमले वर्षेनी रु.३८ अर्ब ८५ करोड राजश्व सरकारलाई बुझाउँदै आएको छ ।
नेपाल टेलिकमबाट जीएसएम मोबाइल ८४ लाख २९ हजार ४०, सिडीएमए मोबाइल ११ लाख ७१ हजार, स्थानीय टेलिफोन ६ लाख ४७ हजार ८०२, एनटी स्याट ५२८, भि–स्याट ३६० एमएआरटीएस ३०६ र भीएचएफको २४ समेतमा भ्याइस सर्भिसका सेवा प्रदान गरिरहेको छ ।
इन्टरनेट र डाटा सर्भिसतर्फ ४२ लाख ४७ हजार २७२ जना ग्राहकलाई नियमित सेवा दिइरहेको टेलिकमले जनाएको छ । उपभोक्ताको हित होस् भनेर मुलुकभर तीन वटा ब्यांकका ७७ स्थानबाट टेलिकमको सेवा प्रयोग गरेबापतको महसुलको भुक्तानी लिने व्यवस्थालाई बिस्तार गरिरहेको भट्टराईले बताए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
