समाचारसोमबार, भाद्र १८, २०६९
३ सय मेगावाटको उत्तर गंगा चिलिमेलाई
हालसम्म रन अफ द रिभर अर्थात दी प्रवाहमा आधारित आयोजना मात्र निर्माण गरिरहेको चिलिमेले पहिलो पटक जलाशयुक्त आयोजना निर्माण गर्न लागेको हो ।
चिलिमेले यो आयोजना निर्माणका लागि लाइसेन्स माग गर्दै दुई महिना अघि नै विद्युत विकास विभागमा निवेदन दर्ता गरिसकेको छ । लाइसेन्स पाउनेबित्तिकै अध्ययन, आवश्यक रकमको बन्दोबस्त लगायतका काम शुरु गरिने चिलिमेका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । उनले भने, ‘सम्पूर्ण तयारी सकेर दुई वर्षभित्र निर्माण शुरु गरिसक्छौं ।’
ऊर्जा सचिव हरिराम कोइरालाले चिलिमेलाई उक्त आयोजना निर्माणको अनुमति दिने तयारी भएको बताए । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले उक्त आयोजना पीपीपी अर्थात पब्लिक, प्राइभेट, पार्टनरसिपमा निर्माण गर्न चिलिमेलाई अनुरोध पनि गरे । आयोजना बाग्लुङ जिल्लामा निर्माणको प्रस्ताव गरिएको छ । चिलिमेले हाल साञ्जेन मेगावाटको , मेगावाटको माथिल्लो साञ्जेन, मध्यभोटेकोशी, रसुवागढी लगायतका आयोजना निर्माण गरिरहेको छ । प्रबन्ध निर्देशक घिसिङका अनुसार सन् २०२० सम्ममा चिलिमेले ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । चिलिमे स्वदेशी पुँजी र प्रविधिमा निर्माण भएको नमूना आयोजना हो ।
यसैबीच, चिलिमेले जलविद्युत आयोजना निर्माणमा गुणस्तर र वातावरणीय सुरक्षा कायम राखेको भन्दै आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
