Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अनु भन्छिन्, “कामले बेफुर्सद छु र यसैमा रमाइरहेकी छु।” - Himalkhabar.com

रमझमबिहीबार, बैशाख १८, २०७१

अनु भन्छिन्, “कामले बेफुर्सद छु र यसैमा रमाइरहेकी छु।”

हिमालखबर

६ वर्षअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिसिरियल आमा मार्फत व्यावसायिक अभिनयमा आएकी अनु शाह अहिले चलचित्रसँगै म्युजिक भिडियोकी पनि चल्तीकी अभिनेत्री हुन्।

यसबीचमा उनले द युगदेखि युगसम्म, ठेगाना, द्रव्य, त्रास, धर्मा लगायतका १५ चलचित्रमा अभिनय गरिन्। गोरी सुन रे, आऊ मिली गाउँ, मैले सोचें तिमीलाई लगायत चार दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी उनी टेलिभिजनका पर्दामा पनि जम्ने भइहालिन्।

यसै साता सिन्धुलीमा चलचित्र जन्मभूमि को छायांकन सकेर राजधानी फर्केकी अनु भन्छिन्, “कामले बेफुर्सद छु र यसैमा रमाइरहेकी छु।”

नेपाली चलचित्रमा आएका नायिकाहरु दुई तीन वर्ष नपुग्दै हराइरहेको अवस्थामा अनु एकपछि अर्को काम पाइरहेकी छन्। यसलाई उनी आफ्नो सफलता ठान्छिन् र व्यस्तमा रमाएको बताउँछिन्।

मिहिनेतका साथ राम्रो गर्न सकेकैले आफू जमेको र जमिरहने उनले बताइन्। “कामप्रति मेरो लगाव र मिहिनेतमा विश्वास छ”, अनु भन्छिन्, “मिहिनेतका साथ राम्रो गर्छु भने काम त मैले पाउनै पर्योम नि, हैन?”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>