खेलकुदबिहीबार, बैशाख १८, २०७१

मनाङ फराकिलो अन्तरले विजयी

हिमालखबर

मंगोलियामा जारी एएफसी प्रेसिडेन्ट्स कपमा मनाङले कम्बोडियाको सेभरिङ क्लबलाई ६–३ गोलले जितेको हो । प्रतियोगितामा पहिलो जीत हात पार्ने क्रममा मनाङका लागि दीपक राईले दुई गोल गरे । उनले खेलको छैंटौं र ६२ औं मिनेटमा गोल गरे ।

अनिल गुरुङले नवौं, साहीद अजिजले २३, सुलभ मास्के ७५ र निराजन मल्लले ८१ औं मिनेटमा गोल गरे ।

आक्रमण खेल पस्केको मनाङले कम्बोडियाली क्लबविरुद्ध खेल अवधिभर नै दबाब राख्यो । मनाङले अर्को खेल २२ बैशाखमा मलेसियाको इर्चिम क्लबको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>