रमझमबिहीबार, बैशाख १८, २०७१
रविन शर्माको ‘परेलीको आकाश’ (म्युजिक भिडियोसहित)
‘तिमी यसै लजायौ, म उसै धकाएँ…’, ‘कुन मन्दिरमा जान्छौ यात्री…’ ‘आफैंलाई भार भयो, आज आफ्नै जिन्दगी…’ जस्ता सुपरहिट गीतमा आवाज दिएका गायक रविन शर्मा १० वर्षपछि नयाँ गीतका साथ बजारमा आएका छन् ।
हालै उनको नयाँ गीति अल्बम ‘परेलीको आकाश’ का दुई गीतहरु ‘मलाई सोध्दै’ र ‘परेलीको आकाश’ सार्वजनिक भएका छन् ।
“रेडियोमा आफ्नो व्यवसायिक काममा कारण गायनलाई अगाडि बढाउने समय जुटिरहेको थिएन,” रविनले भने, “परेलीको आकाशले यो अवसर जुटायो ।” १० वर्ष अघि रविनको सिलसिला नामक अल्बम बजारमा आएको थियो ।
५ वटा गीत रहेको ‘परेलीको आकाश’ ३ महिनाभित्र बजारमा आउँदैछ । “अहिले प्रोमोशनका लागि २ वटा गीत र त्यसमध्ये एउटा गीतको भिडियो सार्वजनिक गरेका हौं,” रविनले भने ।
अल्बमका सबै गीतहरु पुष्कर पराजुलीले लेखेका हुन् भने संगीत शरद सिन्हाको छ । म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी गणेश आचार्यले गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
