रमझमशुक्रबार, बैशाख १९, २०७१

वैशाखमै रेड मनसुन

हिमालखबर

सरिता गिरी

चलचित्र, टिभी सिरियल र नाटकमा अभिनय–निर्देशन गर्दै आएका इलम दीक्षित निर्देशित पहिलो चलचित्र रेड मनसुन ले काठमाडौं उपत्यकाको नयाँ पुस्ताको कथा भन्छ।

नयाँ पुस्ताका संघर्षशील पात्रहरुको वास्तविक चित्रण गर्ने यो चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको उनी बताउँछन्।

२०१०–१२ को अवधिमा ओथेलो, अ भ्यु फ्रम दि ब्रिज, दि ग्लास मनेजरी, एक्जिट द किङ, अ स्ट्रिटकार नेम्ड डिजायर लगायतका नाटक निर्देशन र अभिनय गरेका इलम भन्छन्, “मेरा लक्षित दर्शक चाहिं सबै तह र तप्काका हुन्।”

चार वर्षअघि अमेरिकाको न्युयोर्कस्थित सारा लरेन्स कलेजबाट अभिनय र निर्देशनमा स्नातक गरेका उनले यो चलचित्रबाट हामी को हौं भन्ने प्रष्ट्याउन पनि खोजेका छन्।

मानवीय संवेदनालाई छोइदिने फिल्म भएकाले रेड मनसुन कुनै निश्चित वर्गका दर्शकका लागि मात्र नभएको उनको भनाइ छ।

सन्दीप क्षेत्री र हिमाली दीक्षित

करुणा शर्माको शरण शीर्षकको कथालाई चलचित्रमा रुपान्तरण गरेको बताउँदै इलमले भने, “मानवीय संवेदना त संसारका जुनसुकै पृष्ठभूमिका दर्शकमा पनि हुन्छ।”

रेड मनसुन कोष्टारिकामा सम्पन्न सानजुआन फिल्म फेस्टिभल, मुम्बई फिल्म फेस्टिभल र काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा प्रशंसा बटुलिसकेको फिचर फिल्म हो।

मुम्बई फिल्म फेस्टिभलमा सहभागी बलिउड अभिनेत्री नन्दिता दासले काठमाडौंको समकालीन समाजको सटिक चित्रण गरेकोले रेड मनसुन ले दक्षिण एशियाली सिनेमाको परिवर्तनको बहसलाई बल पुर्यारएको बताएकी थिइन्।

उनले भनेकी थिइन्, “चलचित्रले समाजमा विद्यमान शक्ति र सम्बन्धहरुको देखाउनै पर्ने पक्ष प्रस्तुत गरेको छ जहाँ पुराना अनिश्चितताहरु विलाउँदै जान्छन्। ”

सुदाम सीके

चलचित्रमा सन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सीके, हिमाली दीक्षित लगायतका कलाकारको अभिनय छ।

अजय उपाध्याय र रुथ मोई निर्माता रहेको रेड मनसुन को क्रियटिभ प्रोड्युसर अमेरिकी चलचित्रकर्मी डग्लस म्याकहुग हुन् भने पटकथाकार र सम्पादक निर्देशक इलम नै हुन्। ब्रायन एमेरीको सिनेमाटोग्राफी रहेको यो चलचित्रको नेपाल वितरक पपकर्न पिक्चर हो।

नेपाली संगीतका अध्येता लोचन रिजालको संगीत रहेको रेड मनसुन मा दुईतीन सय वर्षअघि सारङ्गीसँगै बज्ने आरबाजालाई ब्युँताइएको छ।
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>