Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालको मलेशियाविरुद्ध शानदार जीत - Himalkhabar.com

खेलकुदशुक्रबार, बैशाख १९, २०७१

नेपालको मलेशियाविरुद्ध शानदार जीत

हिमालखबर

नेपालले आयोजक मलेशियालाई ५ विकेटले जितेको हो । बायुमास ओभल मैदानमा १९ बैशाखमा मलेशियाले दिएको १५० रनको लक्ष्य नेपालले ७५ बल बाँकी छँदै भेट्टायो ।

नेपाललाई जिताउन मेहबुब आलमको महत्वपूर्ण योगदान रहयो । उनले ५३ रन बनाए । नटआउट रहँदै शरद भेषवाकरले २९ र विनोद भण्डारीले १३ रन जोडे ।

उपकप्तान ज्ञानेन्द्र मल्लले १३, कप्तान पारस खड्काले ११ र नरेश बुढाऐरले ८ रन बनाए । सुवास खकुरेलले भने रन जोड्न सकेनन् ।

लक्ष्य पछ्याउने क्रममा नेपालले गतिलो शुरुवात गर्न नसकेपनि आलमले नेपाललाई जीततर्फ उन्मुख गराएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आयोजक मलेशिया ४३ ओभरमै १४९ रन बनाएर अलआउट भयो । नेपाली बलर सामु मलेशियाली ब्याट्सम्यान चल्न सकेनन् ।

सोमपाली कामीले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै ४७ रन खर्चिए ।

बसन्त रेग्मीले पनि ९ ओभर खेल्दै २ विकेट लिए । तीन मेडन राखेका उनले २६ रन दिए । सात ओभर बलिङ गरेका कप्तान पारस खड्काले एक विटेक लिए । उनले १२ रन मात्र खर्चिए र एक मेडन राखे ।

मेहबुब आलम र सागर पुनले पनि एक–एक विकेट लिए । आलमले ८ ओभरमा ३१ रन दि एभने सागरले ५ ओभरमा २२ रन खर्चिए ।

पहिलो खेलमा १८ बैशाखमा युएईलाई ४ विकेटले हराएको नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बायुमास ओभल मैदानमा नेपालले जबाफी ब्याटिङ गर्दैछ ।

नेपालले २१ बैशाखमा ओमनसँगै खेल्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>