खेलकुदशनिबार, बैशाख २०, २०७१

एसिसी प्रिमियर लिग: आइतबार नेपाल र ओमान भिड्दै

हिमालखबर

मलेशियामा हुने प्रतियोगितामा दुई खेल खेलेको नेपाल लगातार दुवैमा जित हासिल गर्दै चार अङ्कका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । यस्तै समान खेल खेलेको अफगानिस्तान चार अङ्कका साथ लिगको पहिलो स्थान तथा समान खेल खेलको ओमान पनि चार अङ्कका साथ लिगको तेस्रो स्थानमा छन् ।

यस्तै हङ्कङ, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसिया रनरेटका आधारमा क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान दुई दुई खेल खेलेका तीन टोलीले दुई खेलमा नै हार भोग्दै अङ्क जोड्न सकेका छैनन् ।

१८ वैशाखमा भएको पहिलो खेलमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको थियो भने दोस्रो खेल १९ वैशाखमा आयोजक मलेशियालाई पाँच विकेटले पाखा लगाउँदै जित हासिल गरेको थियो ।

प्रतियोगितामा नेपालको लगातारको दोस्रो जितले आगामी डिसेम्बरमा युएइमा हुने एसिसी च्याम्पियनसिपका लागि लगभग छनोटसमेत भइसकेको छ ।

राउन्ड रोविन लिगका आधारमा हुने सो प्रतियोगितामा शीर्षस्थान हासिल गर्ने चार टोलीले एसिसी च्याम्पियनसिप खेल्न पाउनेछन् ।

यसअघि भएको अघिल्लो संस्करणको खेलमा नेपालले एसिसी एलिट कप प्रतियोगिताको उपाधि हासिल गरेको थियो । सन् २०१२ मा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगिताको उत्कृष्ट छ टोली नेपालसहित हङकङ, अफगानिस्तान, ओमन, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन् ।

एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ संरचनाअनुसारको यो पहिलो प्रतियोगिता हो । सन् १९९६ देखि शुरु गरेको एसिसी ट्रफी इलिट कप प्रतियोगितालाई परिमार्जन गरी हाल एसिसीले एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको नयाँ नामकरण गरेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>