अन्तर्वार्ता/विचारआइतबार, बैशाख २१, २०७१

‘न्यायपरिषद्को सिफारिश अस्वीकार हुन सक्छ’

हिमालखबर


न्यायपरिषद्ले सिफारिश गरेका ६ न्यायाधीश विरुद्ध उजुरी दिन किन आह्वान गर्नुभएको हो ?

नियुक्तिका लागि न्यायपरिषद्ले सिफारिश गरेका न्यायाधीशको सुनुवाइ गर्नु समितिको काम हो । न्यायालयको मूल्य–मान्यतामा रहेर न्यायाधीश नियुक्ति हुनुपर्छ भनेर छानबिनका लागि उजुरी मागिएको हो । सही व्यक्तिको नियुक्ति होस् भन्ने समितिको ध्येय छ । संसदीय सुनुवाइलाई प्रभावकारी बनाउने हाम्रो उद्देश्य हो ।

समितिले उजुरीहरूबारे के गर्छ ?
उजुरीहरूलाई समितिले गहन अध्ययन गर्नेछ । अनि, ती उजुरीको आधारमा न्यायाधीशहरूको सुनुवाइ हुनेछ । उनीहरूले उजुरीमाथि चित्तबुझ्दो जवाफ दिनुपर्नेछ ।

उजुरी प्रमाणित भएमा न्यायपरिषद्को सिफारिश अस्वीकार गर्ने अधिकार समितिलाई छ ?
किन नहुने ? न्यायालयको मूल्यमान्यता विपरीतका कार्य गरेको प्रमाणित भए, चरित्र विचलन, आर्थिक अनियमितता गरेको तथ्य फेला परे वा कार्य सम्पादनमा कमजोरी रहेको ठहर भए समितिले त्यो सिफारिश पूरै अस्वीकार गर्न सक्छ ।

तर, अहिलेसम्म सिफारिश अस्वीकार गरेको नजिर त छैन नि ?

त्यो सही हो । तर, संसद्को गरिमा बढाउन अब आवश्यक भइसकेको छ । सिफारिश भएका न्यायाधीशमाथि परेको उजुरी प्रमाणित भए समितिले सफाइ दिन सक्दैन । न्यायालयलाई मर्यादित बनाउन जरुरी छ ।

न्यायालयको साख जोगाउन के गर्नुपर्ला भन्ने लाग्छ ?

प्रधान न्यायाधीशले नै न्यायालयको मूल्य–मान्यता विपरीत काम गर्नेलाई कारबाही गर्नुपर्छ । न्यायपरिषद्ले पनि प्रभावकारी भूमिका खेल्नु आवश्यक छ । अदालतलाई स्वस्थ बनाउन अरु उपाय पनि खोज्नुपर्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>