खेलकुदसोमबार, बैशाख २२, २०७१
अन्तराष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि नेपाललाई
दशरथ रंगशालाको कभर्डहलमा अन्तिम दिन २२ बैशाखमा भएको खेलमा नेपालले ३ स्वर्ण, २ रजत र ६ कास्य प्राप्त गर्यो । नेपालका लागि सुजन जोशी, निमा गुरुङ र संगीता बस्यालले स्वर्ण जिते ।
सक्षम कार्की र यानकुमारी चौलागाईंले रजत हात पारे । रोहित तामाङ, सीता तामाङ, पूर्णसिंह गुरुङ, पहिलो संस्करणका स्वर्ण विजेता अनोज पुजारी, रामदत्त भट्ट र रेश्मा थापाले कास्यमा चित्त बुझाए ।
गत संस्करणमा पनि ६ स्वर्ण र ८ रजत जितेरे नेपाल टिम च्याम्पियन भएको थियो ।
प्रतियोगितामा नेपालसहित अष्ट्रेलिया, मलेशिया, भारत, पाकिस्तान, ब्रुनाई लगायत १० देशका खेलाडी सहभागी थिए ।
पदक विजेता नेपाली खेलाडी:
स्वर्णः मनीता शाही (६२ केजीमुनि), सरिता श्रेष्ठ (४६ केजीमुनि), अरुण अधिकारी (५४ केजीमुनि), ज्ञानी चुनारा (५७ केजीमुनि), आयशा शाक्य (६७ केजीमुनि), निशा रावल (७३ केजीमाथि), सुजन जोशी (६३ केजीमुनि), निमा गुरुङ (५३ केजीमुनि) र संगीता बस्याल (७३ केजीमुनि) ।
रजतः राजन श्रेष्ठ (५८ केजीमुनि), रेजिना कार्की (४६ केजीमुनि), लक्ष्मण महर्जन (८७ केजीमुनि), सक्षम कार्की (७४ केजीमुनि) र यानकुमारी चौलागाईं (४९ केजीमुनि) ।
कास्यः दानबहादुर ऐरी र विक्रम गुरुङ (८० केजीमुनि), गोपाल पुटुवार (८७ केजीमुनि), मीरा काफ्ले (६७ केजीमुनि), रोहित तामाङ (६३ केजीमुनि), सीता तामाङ (५३ केजीमुनि), पूर्णसिंह गुरुङ (८७ केजीमाथि), अनोज पुजारी र रामदत्त भट्ट (७४ केजीमुनि) तथा रेश्मा थापा (४९ केजीमुनि) ।
दीपेन्द्र सापकोटा, काठमाडौं