खेलकुदमंगलबार, बैशाख २३, २०७१

स्पोर्ट्स कार्निभल हुने

हिमालखबर

खेल संसार डटकमले आयोजना गर्न लागेको स्पोर्टस कार्निभलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई एम्बेस्डर तोकिएको छ । हाल मलेशियामा एसीसी प्रिमियर लिग खेलिरहेका खड्काले नेपाल फर्केलगत्तै कार्यभार सम्हाल्ने आयोजकले बताए ।

कार्निभलमा गत वर्ष आयोजकले प्रदान गरेको ‘खेल संसार प्लेयर अफ द मन्थ’ बाट ९ खेलाडीमध्ये एकलाई ‘खेल संसार प्लेयर अफ द इअर’ घोषणा गरिने छ ।

९ खेलाडीहरुमा भलिबलकी रमिला तण्डुकार, सुटिङकी स्नेहाराज्यलक्ष्मी राणा, किक बक्सिङका कान्छालाल वाइबा, करातेका सुनील लामा, बास्केटबलका सदीश प्रधान, पौडीकी श्रेया धिताल, भारोत्तोलनकी तारादेवी पुन, उसुकी झरना गुरुङ तथा फुटबलका भरत खवास रहेका छन् ।

विजेताको चयन एसएमएस भोटिङका आधारमा गरिनेछ । नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताले एसएमएस मार्फत मत हाल्न सक्नेछन् । भोटिङ २६ वैशाख  रातिसम्मका लागि खुल्ला छ ।

विजेतालाई स्कुटर र माउन्टेनबाइकसहित नगदबाट पुरस्कृत गरिने आयोजकले जानकारी दिए ।

कार्निभलमा कराते, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, स्केटिङ, रोलबल, स्केटबार्ड र मुवाथाइ प्रतियोगिता साथै स्पोर्ट्स फेसन शो पनि आयोजना हुनेछ ।

अन्तिम दिन रेस्लिङको विशेष प्रदर्शनी हुने मूल आयोजक कमिटीका महासचिव गणेशलाल कक्षपतिले जानकारी दिए ।

नेपाल कराते महासंघको सहकार्यमा हुन लागेको कार्निभलमा आफूलाई मनपर्ने खेलाडीसँग प्रत्यक्ष भेटघाट गर्न पाइनेछ ।

कार्निभलमा नेपाल र माल्दिभ्सबीच मैत्रीपूर्ण पुरुष बास्केटबल खेल हुने पनि आयोजकले जानकारी दिएका छन् ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>