Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उडान नहुँदा लुक्लामा पर्यटक अलपत्र - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख २५, २०७१

उडान नहुँदा लुक्लामा पर्यटक अलपत्र

हिमालखबर

सगरमाथाको जोरसल्लेमा पर्यटकको भीड । तस्वीर: बुद्धबीर बाहिङ

खराब मौसमका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरू लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरू समस्यामा परेका छन् ।

अहिले सगरमाथाबाट फर्केका थुप्रै पर्यटक मौसम सुधार भएर फर्कने आशामा लुक्लामा बसिरहेका छन् । केहीलाई हेलिकोप्टरले काठमाडौं लगेको भए पनि हेलिकप्टरसमेत राम्रोसँग सञ्चालन हुन नसक्दा थुप्रै पर्यटक लुक्लामा रोकिएका छन् ।

तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाका अनुसार लगातार उडान प्रभावित हुँदा सयांै यात्रु लुक्लामा जहाजको प्रतीक्षामा बसेका छन् । “यति सङ्ख्यामा भन्ने यकिन नभए पनि सगरमाथा आधार शिविरबाट आएका थुप्रै पर्यटक रोकिएका छन्, दैनिक विमानस्थल आएर मौसम खुल्ने आशामा हुन्छन् तर मौसममा सुधार भएको छैन”–शेर्पाले भने ।

सीता एयरलाइन्स, सिम्रिक, नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले तय गरेका सम्पूर्ण उडान पाँच दिनदेखि प्रभावित भएको इन्चार्ज शेर्पाले जानकारी दिए ।

सिजन चलिरहेका बेला उडान प्रभावित भएपछि खुम्बु क्षेत्रका व्यवसायी चिन्तित बनेका छन् । बाक्लो हुस्सु र सिमसिम पानी परेकाले लुक्ला विमानस्थलमा उडान हुन नसकेको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>