खेलकुदबिहीबार, बैशाख २५, २०७१

क्रिकेटको ज्वरो, खेल सामग्रीको बिक्री बढ्यो

हिमालखबर

ब्ांगलादेशमा भएको टी–२० विश्वकप प्रतियोगितामा नेपालले गरेको प्रदर्शन र भर्खरै मलेशियामा भएको एसीसी प्रिमियर लिगमा तेस्रो हुँदै एसीसी च्याम्पियनशिपमा छनोट भएपछि नेपालमा क्रिकेट सम्बन्धी सामग्रीको विक्री ४० प्रतिशतले बढेको व्यापारीहरु बताउँछन् ।

दशरथ रंगशाला परिसरमा विगत २० बर्षदेखि सलिम स्पोर्टस् इन्टरप्राइजेज् सञ्चालन गरिरहेका धर्ममान बज्राचार्यले नेपालले बंगलादेशमा विश्वकप खेलेसँगै क्रिकेटका सामाग्रीको विक्री बढेको बताए । उनले क्रिकेट जर्सी, प्याडलगायतका सामग्रीको बिक्रीका बढे पनि सबैभन्दा बढी चाहीं बल र ब्याट बिक्री भइरहेको जानकारी दिए ।

उनको पसलबाट दैनिक ५ वटासम्म ब्याट र २० वटा बल विक्री भइरहेको उनको भनाई छ ।

थपाथली चोकमा रहेको आरबी स्पोर्टस् सेन्टरका राजन सिंहले अरु बेला एक वर्षमा विक्री हुने भन्दा बढी परिमाणका सामग्री साढे दुई महिनामै विक्री गरेको बताए । उनले भने, “अहिले त सामान पुर्‍याउनै धौ धौ छ ।”

पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक बिष्ट पनि पहिलेको तुलनामा क्रिकेट सामग्रीको विक्री ४०÷५० प्रतिशतले बृद्घि भएको बताए । उनका अनुसार विष्टको पसलबाट क्रिकेटको जर्सीमात्रै दैनिक करिब २५ हजारसम्मको विक्री भइरहेको छ ।

नेपालले टी–२० विश्वकपमा भाग लिएपछि नेपालमा क्रिकेट क्रेज ह्वात्तै बढेको उनले बताए ।

काठमाडौंको बजारमा क्रिकेट साम्राग्रीको  मुल्य

काठमाडौंको  बजारमा पाइने भारतबाट आयातित ब्याट २ हजारदेखि २ हजार ५ सयसम्ममा पाइन्छ भने पाकिस्तानबाट आयात हुने ब्याटलाई ८ देखि ९ हजारसम्म पर्छ ।

बच्चाहरुले खेल्न बढी प्रयोग गर्ने रबरको बल (टेनिस बल) ८ सयदेखि १६ सय सम्ममा पाइन्छ भने गुणस्तर हेरी छालाको बललाई २ सयदेखि ६ सय रुपैयाँ सम्म पर्छ ।

राष्ट्रिय प्रतियोगिताहरुमा प्रगोग गरिने सामान्य बल ४ हजारसम्म पर्छ । स्टम्पको मुल्य भने १२५ देखि ३०० सम्म छ ।

त्यसैगरी ब्याटिङ्ग  प्याडको मुल्य  ७५०  देखि ३ हजार,  किपिङ्ग प्याड १ हजार ५० देखि २ हजार,  हेल्मेट ६५० देखि २ हजार ५ सय, थाइ प्याड २७५ देखि ७ सय, एल्बो प्याड १७५ देखि ४५० र  सेन्टर प्याड ६० देखि ६५० सम्ममा पाइन्छ ।

नेपालले टी–२० खेल्दा लगाएको डिजाइनको जर्सीको मुल्य १,१०० छ ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>