Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
योजना आयोगको उपाध्यक्षमा गोविन्द पोखरेल - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख २५, २०७१

योजना आयोगको उपाध्यक्षमा गोविन्द पोखरेल

हिमालखबर

योजना आयोगका नवनियुक्त उपाध्यक्ष गोविन्द पोखरेल ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा २४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले डा गोविन्द पोख्रेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको सञ्चार मन्त्री मीनेन्द्र रिजालले जानकारी दिएका छन् ।

मन्त्री रिजालका अनुसार बैठकले पहिलेदेखिको गृहकार्यका आधारमा गरिएको ७२ वटा नगरपालिकाको गठन र सञ्चालनको प्रस्तावलाई स्वीकृत गरेको छ । त्यस्तै भविष्यमा थप नगर क्षेत्रको निर्धारणका लागि सिफारिस गर्न प्रा केशवानन्द गिरीको अध्यक्षतामा एक समिति पनि गठन गरिएको छ ।

यसैगरी बैठकले एसियाली विकास बैंकबाट समुदायले व्यवस्थापन गर्ने सिँचाइ आयोजनाका लागि रु तीन अर्ब वैदेशिक सहयोग स्वीकार्ने निर्णय गरेको छ ।

विराटनगरमा केही दिनयता देखिएको कमलपित्त, हेपाटाइटिस बीलगायतका स्वास्थ्य समस्यालाई दृष्टिगत गरी आवश्यक सहयोग पु¥याउन केन्द्रमा नेपाल सरकारका मुख्य सचिवको समन्वयमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत थप सङ्क्रमण रोक्नका लागि सबै किसिमका उपाय अवलम्बन गरिने पनि उनले जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>