खेलकुदबिहीबार, बैशाख २५, २०७१

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

हिमालखबर

एशियाका उत्कृष्ट ६ एशोशिएट राष्ट्रहरु सहभागी भएको प्रतियोगितामा नेपालले तेस्रो स्थान हात पारेको छ भने आगामी डिसेम्बर महिनामा युएईमा हुने एसीसी च्याम्पियनिशिपका लागि पनि छनोट भएको छ ।

मलेशियामा ५ खेल खेलेको नेपालले मलेशिया, युएई र हङकङलाई फराकिलो अन्तरले हराएको थियो भने अफगानिस्तान र ओमानसँग भने हार ब्यहोर्नु पर्‍यो ।

एसीसी च्याम्पियनशिपमा नेपाल अफगानिस्तान, युएई र ओमानसँग भिड्ने छ ।

स्वदेश फर्केलगत्तै नेपाली टिमका कप्तान पारस खड्काले सोचेजस्तो परिणाम नआएपनि अन्तराष्ट्रिय खेलबाट पर्याप्त अनुभव हासिल गरेको बताए ।

थकित देखिएका प्रशिक्षक पुबुदु दासानायकेले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>