खेलकुदशुक्रबार, बैशाख २६, २०७१

धनगढीमा एनपिएल क्रिकेट

हिमालखबर

तस्वीर: cricnepal बाट साभार

एनपिएल क्रिकेट प्रतियोगिता सञ्चालनका लागि स्थानीय मोहना नदी छेउको फाप्ला चौरलाई क्रिकेट मैदानको रुपमा विकास गरिएको छ ।

धनगढी नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी तथा खेलप्रेमीको संयुक्त प्रयासमा यो मैदान निर्माण गरिएको हो ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको यो प्रतियोगितामा देशका विभिन्न ६ टिमबीच प्रतिस्पर्धा हुने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभास शाहीले जानकारी दिए ।

प्रतियोगितामा विशाल वारियर, सगरमाथा लिजेन्ड, कलर एक्सफ्याक्टर, पञ्चकन्या तेज, कान्तिपुर गोरखाज र जगदम्बा जाइन्ट्स टिमबीच प्रतिस्पर्धा हुने शाहीले बताए । यी टिमहरुको कप्तानी क्रमशः नेपाली राष्ट्रिय टिमका खेलाडीहरु पारश खड्का, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी र शक्ति गौचनले गर्नेछन् ।

यसैबीच फाप्ला मैदानसम्म दर्शकको आवागमनको व्यवस्था सहज बनाउन सुदूरपश्चिम यातायात व्यवसायी सङ्घले बस सेवा सञ्चालनको तयारीसमेत गरेको छ । यसका लागि केही दिनअघि सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ र धनगढी क्रिकेट एकेडेमीबीच बस सेवा सञ्चालनसम्बन्धी सहमति भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>